site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
१२२ चिनियाँलाई देश निकाला गर्ने तयारी, नेकपाकै नेताले गरेका थिए संरक्षण !
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १२२ चिनियाँलाई देश निकाला गर्ने तयारी गरेको छ ।

चीनकै सुरक्षा एजेन्सीको सहयोगमा पक्राउ परेका उनीहरुलाई वैधानिक प्रक्रियाबाट स्वदेश लैजान समस्या आउने भएपछि देश निकाला गर्ने तयारी भएको हो । त्यसका लागि उनीहरुको राहदानी खारेज हुनेछ । एक उच्च सुरक्षा अधिकारीले भने,‘‘उनीहरु सबैको राहदानी (पासपोर्ट) खारेज हुनेछ । त्यसपछि उनीहरु अवैध हुनेछन् । अवैध भएपछि देश निकाला गर्ने बाटो खुल्छ र उनीहरुलाई चीन पठाउन सकिन्छ ।’’

चीनकै आग्रहमा उनीहरुलाई देश निकाला गर्न लागिएको सुरक्षा अधिकारी बताउँछन् ।  पक्राउ परेका सबै चिनियाँ पर्यटक भिसामा नेपाल आएको खुलेको छ ।  प्रहरीले चीनमा गम्भीर अपराधमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको बताएको थियो ।  पक्राउ परेका सबैलाई अभद्र व्यवहारमा सामान्य मुद्दा चलाइएको छ । 
यसअघि ५ दिन र १० दिन म्याद थप गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार अभद्र व्यवहारमा जिल्ला प्रशासनबाट २५ दिनसम्म म्याद थप गर्न पाइन्छ । 

त्यसपछि म्याद थप गर्न पाइँदैन । म्याद नथप्ने अवस्था आए अदालतमा पेस गर्नुपर्छ । 

Global Ime bank

के उनीहरुलाई चीन पठाउने तयारी गरिएको हो ? भन्ने प्रश्नमा सुवेदीले भने, ‘‘यसबारे मलाई जानकारी छैन । प्रहरी कानुनअनुसार अगाडि बढ्छ ।’’ 

उनीहरूलाई परिसर, सोह्रखुट्टे, सिंहदरबार, बालाजु, महाराजगन्ज वृत्तमा राखिएको छ । 

यस्तो छ चिनियाँको अपराध 

सुरक्षा अधिकारीका अनुसार ताइवानलगायत हङकङ, भियतनाम, कम्बोडियालगातयका देशहरुका ‘एन्टी चाइनिज’ नागरिकले चीनको अर्थतन्त्रमा ठूलो असर पार्ने अपराधिक योजना बनाएका थिए ।  त्यही क्रममा चीनले केन्या, जापान, उत्तर कोरिया, दक्षिण कोरिया, थाइल्यान्ड, बर्मुडा, मलेसिया, फिलिपिन्स, अष्ट्रेलिया, कम्बोडिया र दक्षिण अमेरिकाबाट हजारौं चिनियाँलाई पक्राउ गरेर चीन लगिएको छ । 

त्यसका लागि नेपालमा सहकार्य गरेजस्तै चिनियाँ सुरक्षा ऐजेन्सीले सहयोग गरेको थियो ।  चिनियाँ नागरिकको अपराध के हो भन्ने प्रहरीले खुलेर बताएको छैन । 

चिनियाँ सुरक्षा अधिकारीले नेपाल प्रहरीलाई दिएको जानकारी भने चिनियाँ नागरिकले नेपालमा बसेर अनलाइन सट्टेबाजी, फुटबल म्याच फिक्सिङ, ग्लाम्बलिङ, मानव तस्करी, यौनजन्य क्रियाकलापको भिडियो निर्माण, फेक अकाउन्ट, ह्याकिङ गर्ने योजना बनाएका थिए । 

नेकपाकै नेताहरुको सहयोगमा थिए चिनियाँ 

प्रहरीले १२२ चिनियाँलाई राजधानीका ९ वटा घरबाट पक्राउ गरेको बताएको छ ।  तर उनीहरु २३ वटा घरमा बसेका थिए । प्रहरी अपरेसनको जानकारी पाएपछि उनीहरु फरार रहेका थिए ।  प्रहरी अधिकारीका अनुसार उनीहरु १५ सयदेखि २१ सयसम्मको संख्यामा थिए । कतिपय भने सीमानाकाबाट चीनतर्फ भागेको हुन सक्ने प्रहरी बुझाइ छ ।

तर अनुसन्धानमा क्रममा उनीहरुलाई नेपाली एजेन्टले नै सहयोग गरेको पाइएको छ ।  काठमाडौंमा घर खोज्नेदेखि गाडी खोज्नेसम्मको काममा नेकपाकै केही उच्च नेताको भूमिका रहेको उच्च सुरक्षा अधिकारीले बताएका छन् ।

एक प्रहरी अधिकारीले भने,‘‘चीन सरकारकै आग्रहमा उनीहरु पक्राउ परेका हुन् । सूचना पनि उनीहरुकै हो । त्यसैले पनि हामीले धेरै बोल्ने कुरा आएन । दूई देशबीचको सम्बन्धको कुराले पनि प्रहरी कतिपय अवस्थामा मौन रहनुपर्ने अवस्था हो ।’’

उनीहरुलाई सहयोग गर्ने नेकपाका नेताहरु रुकुम, रोल्पा आधार भएकाहरु बढी रहेको प्रहरी दाबी छ ।

ती अधिकारी भन्छन्,‘‘हाम्रो देशमा पनि अपराध गरेको भए विषय गम्भीर हुन सक्थ्यो । काठमाडौं उनीहरुले सेल्टर बनाए । जसमा नेकपाका केही नेताहरुले सहयोग गरे । आर्थिक लाभकै लागि त्यसो गरेको हुनुपर्छ ।’’

प्रहरीले नेकपाका ती नेताको पहिचान भइसकेको भए पनि चिनियाँहरुलाई चीन नै फर्काउने तयारी भएकाले यहाँ कारवाहीको सम्भावना निकै कम छ ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २०, २०७६  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement