site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ट्राफिक प्रमुख नै यात्रु बनेर बस र ट्याक्सीमा चढेपछि...
Sarbottam CementSarbottam Cement

काठमाडौं । बिहीबार दिउँसो सिमसिमे पानी पर्दै थियो काठमाडौंमा । करिब २ बजे पानी परिरहेकै बेला सादा पोशाकमा सवारी अनुगमन गर्ने भन्दै महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकाल पुतलीसडकको न्यु प्लाजा पुगे । 

एकैछिनमा आइपुग्यो नेपाल यातायात ।  एसएसपी ढकाल नेपाल यातायत चढे । 

सहचालक भन्दै थिए, ‘‘पछाडि पछाडि सर्नु न !’’ 

Prabhu Bank
Agni Group
NIC Asia

एसएसपी ढकाल पछाडिको सिटमा पुगे । नेपाल यातायातबाट ढकाल पुगे नयाँ वानेश्वर । 

त्यहाँ ओर्लिएपछि उनी बा २ ज ३८७६ नम्बरको ट्याक्सी छेउमा पुगे । एसएसपी ढकालले भने, ‘‘कोटेश्वर जाम न । कति पैसा हो ?’’ ढकाल ट्याक्सीमा चढ्दा उनले मिटर अन गरिसकेका थिए । मिटर नै अन गरेपछि ढकालले चालकलाई धन्यवाद दिए । 

Global Ime bank

नयाँ वानेश्वर चोकमा ड्युटीमै थिए ट्राफिक प्रहरी । उनीहरुले ढकाललाई चिनेनन् । एसएसपी ढकाल पैदल हिँडेर पुगे सिभिल अस्पताल । 

अस्पतालको गेट छेउछाउ थिए ट्याक्सी । ढकाल एक ट्याक्सी चालकलाई रत्नपार्क जान आग्रह गरे । 

ट्याक्सीमा उनी बसे तर मिटर अन थिएन ।  एसएसपी ढकालले भने,‘‘मिटरमा जाने होइन र ?’’  चालकले जवाफ फर्काए,‘‘मिटर भने मिटर नत्र मिलाएर दिनुहोला नि ?’’  ढकालले फेरि प्रश्न गरे,‘‘सुरुमै मिटर किन अन नगरेको ? अनुहार हेरेर मिटरमा जाने नजाने गर्ने हो र ?’’ केही मिटर मात्रै गुडेपछि उनले ट्याक्सीलाई रोक्दै मिटरमा मात्रै जान चालकलाई सुझाव दिए । 

यसपछि ढकाल चढे–वानेश्वरबाट रत्नपार्क जाँदै गरेको बा ४ ख ३९ नम्बरको बसमा  ।  एकछिन पछाडिको सिटमा बसेपछि उनी उभिए ।  बसमा चर्को आवाजमा गीत बजिरहेको थियो । सार्वजनिक सवारीमा चर्को आवाजमा गीत बजाउन पाइँदैन । 

बसका सहचालक ढोकामा बसेर चुरोट सल्काइरहेका थिए । ढकाल हेरिरहे तर बोलेनन् । बस बागबजार पुग्यो ।  ढकालले त्यसपछि कार्यालय फर्किने योजना बनाए । 

बागबजारमा थियो प्रदेश नम्बर ३–०१ ००२ ज ५९९७ नम्बरको ट्याक्सी ।  ढकाल ट्याक्सीमा चढे । उनले सिंहदरबार जाने बताए । ट्याक्सी गुड्यो तर मिटर अन नगरेपछि ढकालले प्रश्न गरे,‘‘कति पैसा हो, मिटरमा जाम न !’’ 

चालकले भने,‘‘यति नजिकै के मिटरमा जानु । मिलाएर दुईसय दिनुहोला नि !’’  ढकालले मिटर अन गर्न भनेपछि चालकले अन गरे । 

ट्याक्सी एकैछिनमा पुग्यो महानगरीय ट्राफिक महाशाखा रामशाहपथ ।  ढकाल ट्याक्सीबाट ओर्लिएपछि मिटरमा किन जान नमानेको भन्दै कारबाही गर्ने बताएपछि उनले ट्याक्सीमा सवार व्यक्ति प्रहरी अधिकारी भएको चाल पाए । 

उनले मिटरमा उठेको रकम दिए कारबाही भने गरेनन् ।  सार्वजनिक यातायातका बारेमा व्यापक गुनासो आएपछि आफू यात्रु नै बनेर अवस्था अनुगमन गर्न निस्किएको ढकालले बताए ।  उनले यात्रु बनेर हेर्दा कयौं सवारीमा क्षमताभन्दा बढी यात्रु, लेन मिच्ने, साँघुरा सिट बनाइएको, सार्वजनिक यातायात फोहोर रहेको र आरक्षण सिटकोसमेत सदुपयोग नभएको पाएको बताए । 

चालक र यात्रुकै कमजोरीका कारण कतिपय दुर्घटना हुने गरेको एसएसपी ढकालले बताए ।  उनले सहचालकले यात्रुहरुसँग गर्ने व्यवहार पनि मैत्रीपूर्ण नपाएको बताए । उनले भने,‘‘यो अनुमगन निरन्तर जारी रहन्छ । अनुगमनमा देखिएका कमजोरीलाई सुधार्दै लैजान्छौं ।’’ 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement