site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कसरी बाँच्यो २०१९ मा सत्य

‘सत्याभास’ अमेरिकी व्यंग्य कलाकार स्टेफेन कोल्बर्टले बनाएको अवधारणा हो । विश्वास गर्ने कुनै तथ्यगत प्रमाण नभए पनि अर्थात् सत्य नभए पनि सत्य नै ठानेको विषय वा वस्तुलाई बुझाउन यो शब्द ‘सत्याभास’ प्रयोग गरिएको छ । निःसन्देह, २०१९ मा वासिङटनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि बेलायतको ब्रेक्जिट अभियान हुँदै एसियासम्मका घटनामा ‘सत्याभास’ निकै व्यापक रह्यो ।

यो चिन्ताजनक प्रवृत्ति टाइम पत्रिकाको २०१९ को वर्ष व्यक्ति छनोटमा आंशिकरूपमा प्रतिविम्बित भएको छ । हुनत, टाइमको आवरणमा आफ्नो तस्बिर देख्ने सफलता त उनले पाएनन् तैपनि छनोटमा परेका पाँच जनाको सूचीमा ट्रम्प पनि समावेश छन् । यो आज फट्याइँको विश्वव्यापी राजनीतिक विजयको उदाहरण हो । यसको ठीक अर्को कुनामा अरू दुई जना उमेदवार थिए – युक्रेनका राष्ट्रपतिमाथि व्यक्तिगत स्वार्थका लागि ट्रम्पले दिएको दबाबको भण्डाफोर गर्ने सचेतक र ट्रम्पलाई महाभियोग लगाउने निर्णयमा मतदानको अध्यक्षता गर्ने हाउस अफ रेप्रेजेन्टेटिवकी डेमोक्रेटिक पार्टीकी समाभुख नान्सी पोलेसी । 

बाँकी रहेका दुई जना प्रतिस्पर्धीले पुरानै शैलीको इमानदारी र राजनीतिक साहसको प्रतिनिधित्व गर्छन् । विजेता भने जलवायु परिवर्तन अभियन्ता १६ वर्षीया स्वेडिस किशोरी ग्रेटा थनबर्ग भइन् । केहीले उनको समर्थन गरे भने अरूले उनका तर्कहरू अस्वीकार गरे । साथै, थनबर्गले भनेको कुरा विश्वका अधिकांश वैज्ञानिकहरूले भन्दैआएको अपरिपक्व संस्करण नै हो ।  उनी विश्वका नेताहरूले पृथ्वीलाई धेरै ढिलो नहुँदै जोगाउन् भन्ने चाहन्छिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

हालैको अस्ट्रेलिया भ्रमणमा पहिले मेलबोर्न र त्यसपछि सिडनी जाँदा जलवायु परिवर्तन र न्यु साउथ वेल्समा जंगलमा लागेको विनाशकारी डँडेलोमा सरकारको स्थितिको सम्बन्ध टुटेको देख्छा आश्चर्यमा परेँ । करिब ३० वर्ष पहिले मैले बेलायतको वातावरण मन्त्रीका हैसियतमा ओजोन विनाश रोक्नका लागि गरिएको मन्ट्रेयल सम्झौताको तयारी गर्ने लन्डन सम्मेलनको अध्यक्षता गरेको थिएँ । अस्ट्रेलियाली सरकार त्यस प्रयासको प्रमुख समर्थकमध्ये एउटा थियो र त्यतिबेला अस्ट्रेलियामाथिको ओजोन तह फैलँदै गएकाले त्यो आश्चर्यको विषय पनि थिएन । जंगलको डँडेलोले अहिले सिडनी घेर्दै गएका बेला पनि अहिलेको सरकार जलवायु परिवर्तनका सम्बन्धमा ढुक्क देखिनु भने आश्चर्यको विषय हो । वास्तवमा यसको केही सदस्यको कुरा सुन्दा उनीहरू विश्व तापक्रम वृद्धिलाई हौवामात्र ठान्छन्जस्तो लाग्छ । 

टाइमको सूचीमा फर्कँदा हङहङका लोकतन्त्र समर्थक आन्दोलनकारीहरूलाई छ महिनाभन्दा बढीदेखि विरोध प्रदर्शनमा संलग्न भएकोमा देखाइएको सम्मान पनि समावेश छ । प्रदर्शनकारीको बहादुरी र उनीहरूले प्रतिनिधित्व गरेको सिद्धान्त (अधिकांश समय शान्तिपूर्ण) भन्दा अलग्गै तिनका क्रियाकलापले सत्यलाई आघात पारेको भन्न सकिने तीनवटा कारण छन् ।

Global Ime bank

पहिलो, चीनको कम्युनिस्ट शासनले सन् १९९७ मा हङकङको सार्वभौम सत्ता फिर्ता लिँदा हङकङका सम्बन्धमा गरेको प्रतिज्ञा भंग गरेको छ भन्ने प्रदर्शनकारीहरूको तर्क सही हो । हङकङका नागरिकहरूलाई उनीहरूले उच्च स्तरको स्थानीय स्वायत्तता प्राप्त गर्ने र विधिको शासन भएको खुला समाजका रूपमा बाँच्न पाउने प्रतिज्ञा गरिएको थियो । तर, हङकङ सरकार बेइजिङको निष्ठावान् मुखपात्र सिद्ध हुनपुग्यो । व्यवहारमा यसको अर्थ हुन्छ — सरकारले प्रदर्शनकारीका शासनसम्बन्धी वैध गुनासा सम्बोधन गर्न यसले केही गरेन र बितेका २० वर्षमा लोकतान्त्रिक जवाफदेहीतर्फ विभिन्न वाचा गरे पनि कुनै प्रगति भएन ।

दोस्रो, प्रदर्शनकारीहरूका अरू गुनासा त छँदैछन् तिनीहरू प्रदर्शनका क्रममा प्रहरी क्रूरताको सिकार पनि भएका छन् । घाइते प्रदर्शनकारीलाई उपचार गर्नबाट स्वास्थ्यकर्मीहरूलाई रोकेर मानवीय कानुनको पनि स्पष्ट उल्लंघन गरिएको छ ।

हङकङ सरकारले आफूसँग प्रहरी ज्यादतीविरुद्ध गुनासा सुन्ने पर्याप्त व्यवस्था भएको भन्दै आएको छ । तर, विद्यमान संस्थाहरू प्रहरी व्यवहारको सम्बेधन गर्न योग्य थिए त भनेर अध्ययन गर्न ल्याइएका स्वतन्त्र विशेषज्ञहरूको राजीनामाले सरकारको त्यो दाबी वाहियात रहेको पोल खोलेको छ । स्पष्ट छ, त्यस आयोगका सदस्यहरूले उनीहरूलाई सुम्पेको काम उचितरूपमा गर्न सकिने ठानेनन् ।    

अन्त्यमा, अत्यन्त सानो टुक्राको व्यवहार हिंसात्मक भए पनि हङकङका नागरिकहरू प्रदर्शनकारीको साथमा उभिएरहे । हुनत, यो सानो समूह सायद सरकारको उनीहरूको माग सम्बोधन गर्ने अनिच्छा वा आन्दोलनकारीहरू शान्तिपूर्ण अभियानको उपेक्षाबाट उत्तेजित भएको हुनसक्छ तर तिनको हिंसा अस्वीकार्य थियो र रहनेछ । 

चीनको कम्युनिस्ट सरकार र हङकङमा त्यसका समर्थकलगायत केहीले हिंसाले प्रदर्शनकारीका मागप्रति जनसमर्थन गुम्ने विश्वास गरेका थिए । यसको ठीक उल्टो नोभेम्बरमा भएको हङकङका जिल्ला परिषद्को निर्वाचनमा लोकतन्त्र पक्षधर उमेदवारहरूले चुनावमा अत्यधिक विजय हात पारे र सहरको सरकारका पक्षमा मौन बहुमत पनि नभएको पूर्णरूपमा प्रमाणित भयो । बरु, कम मौन नागरिकहरूको बहुमत लोकतन्त्र र विधिको शासनका पक्षमा देखिए । 

हङकङका प्रदर्शनकारीहरू यसैले सत्यको पक्षमा थिए । तिनको सहर वास्तवमै आदर्श मूल्यहरूको रक्षा गर्न र सरकार एवं प्रहरीलाई उत्तरदायी बनाउन चाहन्थे ।

हामी २०२० मा प्रवेश गर्दा प्रदर्शनकारीहरूले हिंसाको पूरै अन्त्य गर्ने प्रयत्न गर्न र माग पूरा गराउन आफ्नो प्रकट भएको शक्तिमा भर पर्नुपर्छ भन्ने मेरो दृढ विश्वास छ ।  मलाई अझै पनि विश्वास छ हङकङ र पूरै विश्वको भावनात्मक दबाब प्रहरीसँग भिड्न र सम्पत्ति नष्ट गर्नबाट बेइजिङको सर्वसत्तावादी शासनतर्फ उनमुख हुनेछ । 
सत्याभासले सन् २०१९ मा सार्वजनिक जीवनमा कालो छाया पारेको छ र सायद अर्को वर्ष पनि यो निरन्तर रहनेछ । भाग्यवश, लोकतन्त्र र पृथ्वीका बारेमा चिन्ता गर्नेहरूका लागि वास्तविक सत्य प्रभाकारी शक्ति रहिरहनेछ । 

(बाह्रखरी र प्रोजेक्ट सिन्डिकेटको सहकार्य) 

(चीनलाई फिर्ता गर्ने बेलामा हङकङमा बेलायतका गभर्नर)

Copyright: Project Syndicate, 2019.

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १६, २०७६  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय