site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चितवनका एसपी मल्लले मानेनन् ‘चेन अफ कमान्ड’, प्रचण्डको दबाबमा रोकियो सरुवा !
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुरक्षा निकायमा ‘चेन अफ कमान्ड’ मिचेको विषय गम्भीर मानिन्छ । तर चितवनका एसपी दानबहादुर मल्लले संगठनको निर्णयलाई चुनौती दिँदै सरुवा भइसकेपछि पनि चितवन छाडेका छैनन् । प्रहरी प्रधान कार्यालयले पुस ४ गते मल्लसहित २४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा निकालेको थियो । 
उनको स्थानमा एसपी गंगा पन्तको सरुवा भएको थियो भने मल्ललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको थियो । 

सरुवा भएको ११ दिन बितिसक्दा समेत मल्लले चितवन नछाडेपछि चितवन सरुवा भएकी एसपी पन्त हाजिर भएकी छैनन् । प्रहरी प्रधान कार्यालयले पठाएको ठाउँमा नगएर आफू बसेकै ठाउँमा बसिरहदा संगठनभित्रै व्यापक विरोध भएको छ ।  उच्च प्रहरी अधिकारीले नै संगठनले तोकेको ठाउँमा जान नमान्दा संगठनको अनुशासनमा ठूलो समस्या आउनसक्ने चिन्ता व्यक्त गरेका छन् । 

मल्लबाहेक अन्य एसपीले भने जिल्ला छाडिसकेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

तपाईंले किन जिल्ला छाड्नुभएन ? भन्ने बाह्रखरीको जिज्ञासामा एसपी मल्लले भने,‘‘सरुवाबारे म केही बोल्दिनँ । बरु जिल्लाका प्रवक्ता मेरो डीएसपीसा’पसँग जानकारी लिनुस् ।’’

मल्ल डीएसपी हुँदा लामो समय नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का पीएसओ बसेका थिए ।  प्रचण्डकै आग्रहमा मल्ललाई चितवन सरुवा गरिएको प्रहरी स्रोत बताउँछ । चितवन प्रचण्डको गृह जिल्ला पनि हो । मल्ल त्यसअघि डीएसपी हुँदा महानगरीय प्रहरी वृत दरबारमार्गमा कार्यरत थिए । 
बेला बेलामा प्रहरी संगठनभित्र मल्लको विषयमा प्रश्नसमेत उठ्ने गरेको छ ।

Global Ime bank

उनी चितवन बसेको आठ महिना पूरा भएको छ ।  प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्री पुस ४ गते निकालेको सरुवा यथावत रहेको बताउँछन् ।  उनले भने,‘‘सरुवा हेरफेर भएको छैन । अर्को आदेश नभएससम्म त्यही आधार मानेर जिल्ला छोड्नुपर्छ । कसैको हेरफेर भएको छैन । यसलाइ नै आधार मानेर उनीहरुले कार्यरत भएको ठाउँ छोड्नु पर्छ ।’’ 

उनले कतिपय विशेष परिस्थितिबाहेक सकेसम्म छिटो संगठनले तोकेको स्थानमा जाँदा राम्रो हुने बताए ।  साधारणतया सरुवा निकालेको २४ घण्टाभित्र ठाउँ छाड्ने र कतिपय अवस्थामा दुईजनाको सहमतिमा केही दिन तलमाथि हुने भए पनि मल्ल सल्लाहबेगर नै बसेका छन् ।
प्रहरी प्रधान कार्यालयले सरुवाको पत्र पठाइसकेको भए पनि उनी अहिलेसम्म जिल्ला छाड्न तयार छैनन् ।

मल्ललाई चितवन राख्न प्रचण्डले नै भूमिका खेलेको हुनसक्ने प्रहरी अधिकारी बताउँछन् । 

एक उच्च प्रहरी अधिकारीले भने,‘‘शक्तिको आडमा संगठनकै आदेश नमान्नु निकै चिन्ताको विषय हो । यसले संगठनलाई कमजोर बनाउँछ । संगठनको आदेश नमान्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’’

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा राजनीतिक दबाब र शक्तिको आडमा सरुवा हुँदै आएको पाइन्छ । 

चितवनमा एसपी मल्लको कार्यशैली विरुद्ध पटक–पटक प्रदर्शनसमेत हुँदै आएको छ । 

एक उच्च अधिकारीले भने,‘‘मल्लको ठाउँमा नयाँ एसपी जाँदा अवैध कार्यले निरन्तरता नपाउने र आफूखुसी प्रहरीलाई प्रयोग गर्न नपाउने भएपछि यस्तो भएको हो । प्रहरीलाई कार्यकर्ता बनाउन खोज्दा यस्ता समस्या निरन्तर आइरहने अवस्था रहन्छ ।’’
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १६, २०७६  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement