site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सभामुख सुवास नेम्वाङ नै !’  

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले सभामुखको उमेदवार टुंग्याउन अझै केही दिन लाग्ने बताएका छन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार बिहान सामान्य कुराकानी भए पनि विषयमै केन्द्रित रहेर छलफल हुन बाँकी रहेको प्रधानमन्त्रीको सचिवालयले बाह्रखरीलाई जानकारी दियो ।

“दुई अध्यक्षबीच कुराकानी त हुँदै आएको छ । सभामुखमै केन्द्रित रहेर कुराकानी भएको छैन,” प्रधानमन्त्रीको सचिवालयले दाबी गर्‍यो ।

प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार सभामुखमा पूर्वसंविधान सभा अध्यक्ष सुवास नेम्वाङको सम्भावना बलियो छ । नेम्वाङका विषयमा दुई अध्यक्षबीच खासै विमति नरहेको सचिवालयको दाबी छ । “अहिलेको परिस्थितिमा संसद् सञ्चालन गर्न सक्ने उपयुक्त पात्र नेम्वाङ नै हो भन्ने विषयमा दुवै अध्यक्ष एक मत देखिनुभएको छ । यद्यपि निर्णय नभई यसै भन्न सकिँदैन,” सचिवालय भन्छ ।

तर,  पूर्वमाओवादी केन्द्रभित्र सभामुख पद आफ्नो भागको भएकाले छाड्न नहुने मत बलियो हुँदैछ । पूर्वमाओवादी केन्द्र समूहका नेताहरू अध्यक्ष प्रचण्डलाई भेटेर सभामुख नछाड्न दबाब दिइरहेका छन् ।

“तर, यही कारणले दुई अध्यक्षबीच कुरा नमिलेको भने होइन,” प्रधानमन्त्रीको सचिवालय भन्छ, “उहाँहरूबीच कुराकानी नै राम्रोसँग हुनपाएको छैन ।”

आइतबार बसेको पार्टी सचिवालय बैठकमा सभामुखको विषयले प्रवेश पाएको थियो । तर, विस्तृत कुराकानी हुन नपाएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

पूर्वमाओवादी केन्द्रले अग्नि सापकोटालाई अघि सारेको छ । पूर्वसभामुख ओनसरी घर्ती, पम्फा भुसाल, देव गुरुङआदिले पनि इच्छा देखाएका छन् । तर, सापकोटा नै उपयुक्त पात्र भएको पूर्वमाओवादी केन्द्रका नेता भन्छन् ।

यता उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि सभामुखमा इच्छा देखाएकी छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारी र महिला सांसदहरूको साथ छ । तुम्बाहाङ्फे के कति कारणले सभामुख बन्न अयोग्य भन्दै सार्वजनिक रूपमै प्रश्न उठाउँदै आएका छन् । सभामुख बन्ने इच्छाकै कारण तुम्बाहाङ्फेले संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक सञ्चालन गरिन् ।

सभामुख मात्रैले अध्यक्षता गर्ने संवैधानिक प्रावधान भएका ठाउँमा पनि तुम्बाहाङ्फेले उपसभामुखको हैसियतमा अध्यक्षता गरेकी छन् ।

सभामुख कृष्णबहादुर महरा संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौनदूराचार, बलात्कार प्रयास अभियोगमा पुपक्र्षका लागि जेल चलान भएपछि पद रिक्त छ ।
तुम्बाहाङ्फेले महराको गल्तीको सजायको भागिदार आफू नहुने भन्दै राजीनामा दिन आनकानी गर्दै आएकी छन् ।

संविधानमा सभामुख फरकफरक पार्टी र लिङ्गी हुनुपर्ने प्रावधानका कारण पनि उपसभामुखलाई राजीनामा नगराइ नेकपाले सभामुखमा उमेदवारी दिन पाउँदैन ।

१६ गतेको बैठकले कार्यतालिका सार्वजनिक गर्छ

११ गतेको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भयो । सभामुखको पनि टुंगो नलागेको र कार्यसूची पनि तय नभएकाले संसद् बैठक स्थगित भयो ।

१६ गते बस्ने संसद् बैठकले सभामुख निर्वाचनको कार्यतालिका प्रकाशित गर्ने सम्भावना रहेको स्रोत बताउँछ । कार्यतालिका आएपछि सभामुखको टुङ्गो लाग्छ ।
सम्भवतः अब बस्ने पार्टी सचिवालय बैठकले सभामुखका बारेमा निर्णय लिनेछ,” प्रधानमन्त्री निकट स्रोतले बाह्रखरीलाई जानकारी दियो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro