site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरीको त्यो फिल्मी अपरेसन ! बलि चढ्नबाट बचायो
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरीले अपराध अनुसन्धानका क्रममा अभियुक्तसम्म पुग्न फरक–फरक शैली अपनाउने गरेको भए पनि पछिल्लो एउटा घटनामा प्रहरीले फिल्मी शैली अपनाएको पाइएको छ । 

प्रहरीको पछिल्लो अपरेशन ‘फिल्म शैली’ कै भएको प्रहरी अधिकारीको तर्क छ । जुन अपरेशनले नेपाली युवतीलाई भारतमा बलि चढ्नबाट बचाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले केहि दिनअघि भारतीय जोगीको आश्रममा ‘बलि’ चढाउनका लागि लैजाँदै गर्दा नेपाली युवतीको उद्धार गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बिहीबार प्रहरीले पत्रकार सम्मेलन गर्दैै घटनामा संलग्न ७ जनालाई सार्वजनिक गरेको छ । 

के हो त घटना ?

Global Ime bank

गत शुक्रबार परिसर काठमाडौंमा एक २२ वर्षीया युवती पुगिन् । उनले परिसरका प्रहरी अधिकारीलाई भेटिन् । 

उनले प्रहरी अधिकारीलाई आफ्नो कुरा विस्तारमा सुनाइन् । त्यहीँबाट प्रहरीले अपरेशन सुरु गरेको थियो ।

परिसरका एक प्रहरी अधिकारीका अनुसार काठमाडौंमा एक कार्यक्रमका लागि भन्दै ६ फिट उचाइ भएकी युवती (मोडेल)को खोजी गरिएपछि ती युवती खोजीकर्ताको सम्पर्कमा पुगेकी थिइन् ।

काठमाडौँ सितापाइला बस्ने प्रेममाया तामाङले नै ती २२ वर्षीया संगीता थापा (नाम परिवर्तन)लाई ‘बलि’का लागि भारत लैजाने प्रपञ्च मिलाएकी थिइन् ।

प्रेममायालाई सार्लाहीमा रहेका उनका श्रीमान् कृष्ण तामाङले मोडलिङका लागि युवती खोज्न भनेका थिए । संगीताको प्रेममायासँग काठमाडौंमा पहिले पनि भेट भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् ।

भेटका क्रममा उनीहरुबीच काठमाडौंमा कार्यक्रम हुने र त्यसमा एक घण्टा मोडलिङ गरेवापत उचित पारिश्रमिक दिने सम्झौता पनि गरिएको थियो ।

सम्झौतापछि प्रेममाया तामाङले संगीताको भीडियोसुट समेत गरिन् ।

त्यो भिडियो विराटनगरमा रहेका उमेश शाहलाई पठाइयो ।

सुरुमा काठमाडौंमा गर्ने भनिएको कार्यक्रम विराटनगरमा गर्नुपर्ने अवस्था आएको प्रेममायाले संगीतालाई बताइन् ।

त्यसपछि संगीताको मनमा शंका उत्पन्न भयो । संगीतालाई ‘महिनावारी’ भए–नभएको, शरीरमा चोटपटक लागे नलागेको सबै सोधिएपछि शंका उत्पन्न भएको थियो ।

संगीता परिसर काठमाडौं पुगेर सबै घटना प्रहरीलाई जानकारी गराइन् ।

त्यसपछि प्रहरीले सक्रियता थालेको थियो ।

प्रहरीले गोप्य रुपमा घटनाको अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । प्रहरीको अनुसन्धानलाई संगीताले नै सहयोग गरेकी थिइन् ।

संगीतालाई प्रेममायाले महिनावारी भए नभएको, घाउ चोटपटक, अप्रेशन गरे नगरेको सबै सोधेकी थिइन् । 

संगीता प्रहरीको सम्र्पकमा आइसकेपछि पर्दा पछाडिबाट सबै ‘लिड’ प्रहरीले नै गरेको थियो । 

प्रहरीले संगीतालाई प्रेममायाले भनेजस्तै गर्न भन्यो । किनभने प्रहरी घटनाको जरोमा पुग्नु थियो । परिसरले संगीतालाई सहयोग गर्न विशेष टोली नै परिचालन गरेको थियो गोप्य रुपमा । 

संगीता विराटनगर जान तयार भइन् । 

प्रेममायाका श्रीमान् कृष्णले काठमाडौंबाट विराटनगर आउन आइतबारको हवाई टिकटसँगै २६ हजार रकमसमेत पठाए । 

तर आइतबार प्राविधिक कारणले संगीता जान नसकेपछि सोमबार बिहान साढे १० बजे बुद्ध एयरको फ्लाइटबाट विराटनगर उडिन् ।

संगीतालाई साथ दिन प्रेममायाले दिलकुमारी बुढामगरलाई सँगै पठाएकी थिइन् । 

त्यही जहाजमा यात्रु बनेर गएको थियो प्रहरी टोली । 

जसले सबै घटनालाई नियालिरहेको थियो । विराटनगमा जहाज अवतरण भयो । 

जहाज अवतरण हुनेबित्तिकै त्यहाँ कृष्ण तामाङ र उमेश साह उनीहरुलाई लिन आइपुगे ।

उनीहरुले संगीता र दिलकुमारीलाई एउटा भ्यानमा राखेर विराटनगरकै रामजानकी मन्दिरको खाजा घरमा लगेर राखेका थिए ।

केही समयपछि विराटनगर जलजलाचोकस्थित कालीमन्दिरको धर्मशालाको कोठा नम्बर २०५ र ६ मा लगियो ।

प्रहरी पनि उनीहरुकै पछिपछि थियो सादा पोशाकमा । 

धर्मशालाको कोठाभित्र लगेर संगीतालाई फेरि सोधियो । महिनावारी भए नभएको, घाउ चोटपटक, अप्रेशन गरे नगरेको । 

प्रहरी धर्मशालाकै वरिपरी थियो । त्यसपछि विराटनगरमा मोडलिङ गराउने भन्दै लगिएकी संगीतालाई तान्त्रिक गर्नुपर्ने उनीहरुले प्रस्ताव गरे ।

एकैछिन पुजा गर्नुपर्ने र त्यसका लागि आवश्यक सामान र कपडा किन्न भारततर्फको जोगवनी क्षेत्र जानुपर्ने उनीहरुले बताए ।

प्रहरी अधिकारीका अनुसार भारतमा लुगा किन्न लगेर उतैबाट विहारस्थित एक जोगीको आश्रममा पुर्‍याउने योजना थियो उनीहरुको । जहाँ तान्त्रिक पुजा भन्दै उनलाई लठ्याएर ‘बलि’ चढाउने योजना थियो । 

प्रहरी अधिकारी भन्छन्,‘‘नत्र महिनावारी भए नभएको, घाउ चोटपटक लागे नलागेको, एकैछिन पुजा गर्नुपर्ने प्रस्ताव उनीहरुले किन गर्नुपथ्र्यो । अझ उनीहरुले संगीताको खुट्टामा कालो धागोसमेत बाँधे । त्यही क्रममा सही समयमा हामीले उनीहरुलाई पक्राउ ग¥यौँ ।’’

पक्राउ परेका उनीहरुको बयानका आधारमा नेपाली युवतीलाई भारतमा लगेर ‘बलि’ दिने तयारी थियो । 

योजनामा सहभागी सबैलाई ठूलो आर्थिक रकमको प्रस्ताव गरिएको प्रहरी अधिकारी बताउँछन् । 

परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार पक्राउ परेका दिलिप पोदारलाई भारत विहारको मन्दिरको बाबाले नेपाली युवती खोज्न भनेका थिए । 

पक्राउ पर्नेमा नवलपरासी  कावासोती हुप्सेकोट–का २६ वर्षीय कृष्ण तामाङ, सप्तरी राजविराज नगरपालिका–१४ का ४० वर्षीय उमेश साह, दाङ घोराही नगरपालिका–१० कि २४ वर्षीया दिल कुमारी बुढामगर, सप्तरी सप्तकोशी नगरपालिका–११ का ३५ वर्षीय  उमेश माझी, मोरङ विराटनगर महानगरपालिका–८ का ५१ वर्षीय दिलिप पोदार, काठमाडौंको सीतापाइला बस्ने २३ वर्षीया प्रेमा तामाङ र    सुनसरी गढी गाउँपालिका–१ मधेलीका ३७ वर्षीय रंजित कुमार चौधरी छन् । 

उनीहरुको साथबाट १ लाख ९ हजार ५ सय नगद, विभिन्न बैंकका ९ लाख १ हजारको चेक, कालो रङ्गको धागो, गेरु रंगको कपडा कालो धागोले बाँधेको चाँदीको जन्तर २ थान र तान्त्रिक पुजाका सामग्रीहरु बरामद गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६  ०९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement