site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रलाई जोगाउन सबै एकजुट हुनुपर्छ : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले करीब सात वर्षपछि देशमा राजनीतिक स्थिरता कायम भएकोले यसलाई जोगाउन सबै एकजुट हुनुपर्ने बताएका छन् । 

चितवनको रत्ननगरमा बुधबार नेपाल जेसिजको ४६ औं महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक सहमति र प्रमुख दलका नेतृत्वबाट भएकाले यसलाई कायम राख्न सबैलाई आग्रह गरेका हुन  । राजनीतिक शक्ति मिलेकै कारण र जनताको अभिमतबाट देशमा राजनीतिक स्थायित्व आएको बताउदैं  त्यसका लागि लामो त्याग, तपस्या गरेकाले यसलाई जोगाउन सबैको दायित्व भएको उनको भनाई थियो । 

"हाम्रा छिमेकी दुई देश अन्तर्राष्ट्रिय शक्ति बन्दै गइरहेको छन्," उनले भने,"विवेक पुर्‍याएर भौगोलिक अखण्डता जोगाउन सबैले ध्यान दिन जरुरी छ ।" नेपाल सानो देश भनिए पनि  योभन्दा पनि धेरै साना देशहरु पनि राजनीतिक स्थायित्वसँगै विकास निर्माणका काममा धेरै अगाडि बढेका छन् ।"

 नेपालले प्राप्त गरेको शान्ति प्रक्रिया, शान्ति सम्झौता, लोकतान्त्रिक संविधान र अहिले भइरहेको विकासले अन्तर्राष्ट्रिय क्षेत्रमै धेरैको ध्यान पुगेको उनले बताए  ।

कार्यक्रमको विषयलाई इंगित गर्दै प्रचण्डले  कुनै बेला आफूपनि युवाहरुको संस्थापक अध्यक्ष नै भएर काम गरेको र  यो स्थानसम्म आईपुग्‍न पनि युवाकालमा सिकेका धेरै चिजले  मद्दत पुगेको जिकिर गरे । 

जेसिजका युवाहरुलाई लक्षित गर्दै उनले भने, "संसार तपाईंको हो र हाम्रो पनि हो । त्यसमा पनि मुख्य गरेर युवाहरुको हो ।" आजका युवाहरु अनुशासनमा रही सभ्य समाज बनाउने संकल्पका साथ अगाडि बढ्नसमेत उनले आग्रह गरे ।

जेसिजको हालसम्म  तीनवटा महाधिवेशनमा सहभागी भएको बताउदैं उनले युवाहरुको व्यक्तित्व र नेतृत्वमा जेसिजको महत्वपूर्ण भूमिका भएको चर्चा गरे । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  २१:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro