site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वेदका ऋचासँगै आठौं नेपाल लिटरेचर फेस्टिभल सुरु

पोखरा । वेदको मन्त्रोच्चारणसँगै नेपाल लिटरेचर फेस्टिभलको आठौं संस्करण पोखरामा सुरु भएको छ ।

पुराणवाचनमा पारङ्गत ललितपुरका सुन्दास दिदीबहिनी (ममता, अनिता, मनिताले) वेदका श्लोक उच्चारण गरेर फेस्टिभलको थालनी गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल लिटरेचर फेस्टिभलले नेपाली भाषा, साहित्यको वृद्धि–विकासका अलावा पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने बताए ।

“गण्डकी प्रदेश नेपाली, भाषा–साहित्य, संस्कृतिको खोज, अनुसन्धान, अन्वेषणमा तल्लीन रहेका बेला पोखरामा लिटरेचर फेस्टिभल हुनु सुखद कुरा हो,” उनले भने, “यस्ता महोत्सव राज्यबाटै हुनुपथ्र्यो, गैरसरकारी तवरबाट हुँदा नेपाली साहित्यको वृद्धि विकासमा महत्त्वपूर्ण टेवा पुगेको छ ।”

उनले साहित्य समाजका लागि हुनुपर्ने बताउँदै साहित्य कल्पनाशील विधा भए पनि त्यसले समाजको भुइँ र धरातल टेकेको हुनुपर्ने तर्क गरे । गुरुङले प्रदेशको कला, भाषा, साहित्यको विकासका लागि गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान गठन गर्न लागिएको जानकारी दिए ।

फेस्टिभलका मुख्य प्रायोजक आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले फेस्टिभलले नेपाली भाषा–साहित्यको वृद्धि–विकास गर्ने बताए । देशको मुख्य पुँजी, सम्पत्ति नै भाषा–संस्कृति, साहित्य भएको बताउँदै यसलाई समृद्ध बनाउनुपर्ने तर्क गरे ।

“साहित्य मानव शक्तिको विशिष्ट ऊर्जा हो । समाज साहित्यमार्फत मुखरित हुन्छ,” उनले भने । विश्वमा सूचनाको शक्ति र प्रभाव बढ्दो अवस्थामा रहेको उनको तर्क थियो । कार्यक्रममा नागरिक अगुवा देवेन्द्रराज पाण्डेले लोकतन्त्र र सार्वजनिक उत्तरदायित्वबारे प्रवचन दिएका थिए ।

उनले लोकतन्त्रमा उत्तरदायित्वको अभाव रहेको बताउँदै त्यसले विकासको बाटोमा अवरोध पैदा गर्ने बताए ।  “हामीकहाँ सार्वजनिक उत्तरदायित्वको अभाव छ । सार्वजनिक उत्तरदायित्वको संस्कार र संस्कृतिको विकासबिना लोकतन्त्र फस्टाउन सक्दैन,” उनको तर्क थियो । फेस्टिभलको उद्घाटन स्थल र छलफल कक्ष फेवा किनारको बाराहीघाट तय गरिएको भए पनि शुक्रबार बिहानैदेखि परेको झरीले बिथोलेपछि आयोजक वुक वर्म फाउन्डेसनले उद्घाटन स्थल परिवर्तन गर्नुपरेको थियो । प्यानल छलफलको स्थान पनि बदलिएको छ ।

महोत्सवमा अघिल्ला संस्करणझैं यस वर्ष पनि देशविदेशका १ सय १० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार, सम्पादक, सेलिब्रेटी एवम् विशिष्ट व्यक्तित्व पोखरा आइपुगेका छन् । ३९ भन्दा बढी सेसन छन् ।

यस वर्ष महोत्सवमा दक्षिण एसियाली क्षेत्रको नोबल पुरस्कार मानिएको डीएससी पुरस्कार प्रदान गर्न लागिएको छ । २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशि बराबरको पुरस्कार दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत आठ वर्षदेखि प्रदान गर्दै आएको हो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro