site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘छौंडा र बोक्सो’आरोपमा वडाध्यक्षमाथि कुटपिट र कालोमोसो, प्रहरीसमक्ष जाहेरी दर्ता 

चितवन । इच्छाकामना गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष पञ्चबहादुर चेपाङमाथि अमानवीय व्यवहार भएको भन्दै उनले सोमबार प्रहरीसमक्ष जाहेरी दिएका छन  । 

मंसिर २१ गते शनिबार साँझ ६ बजे वडा कार्यालय रहेको ओर्लाङस्थित भवन अगाडि आफूमाथि केही युवाहरुले कुटपिट गरेको, मोसो दलेको, अपशब्द बोलेको, जुत्ताको माला लगाएको भन्दै पीडित वडाध्यक्ष चेपाङले जिल्ला प्रहरी कार्यालय चितवनमा आइतबार निवेदन दिएका हुन  । 

वडा कार्यालय रहेको स्थान ओर्लाङबाट नयाँ स्थानमा कार्यालय सार्ने क्रममा आफूमाथि आक्रमण भएको उनले बताए । 

उत्तरकुमार गुरुङ, गीताबहादुर गुरुङ, विजय गुरुङ र जोखलाल चेपाङलगायतले आफूमाथि कुटपिट र मोसो दल्ने काम गरेको उनको दाबी छ  । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी एकनारायण कोइरालाकाअनुसार पीडित अध्यक्षको जाहेरी दर्ता भएको र यस विषयमा अनुसन्धान भइरहेको छ । 

आइतबार भरतपुर अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिएको  थियो  । "कुटपिट र लछारपछारपछि रोकिराखेको गाडीमा धकेले", वडाअध्यक्ष चेपाङले भने, "बोक्सा, छौंडालगायतका शब्दहरु प्रयोग गरे", उनले भने । 

यसअघि वडा कार्यालय रहेको स्थान ओर्लाङमा अपायक परेको र पहिलेदेखि नै सबैलाई पायक पर्ने ठाउँमा आफूले वडा कार्यालय सार्न खोजेकोमा नेपाली कांग्रेसका कार्यकर्ताले असहमति जनाइ कुटपिट गरको उनले बताए । 

आरोपित युवाहरुले यसअघि पनि पटकपटक ज्यान मार्ने धम्की दिएको उनको भनाइ छ । वडाको विकासका काममा पनि बाधा पुर्‍याउने र आफूलाई मार्नेसम्मको धम्की पटकपटक दिएकोमा आफूले सम्बन्धित गाउँपालिका प्रमख र उपप्रमुखलाई जानकारी गराएको तर कुनै सुनुवाई नभएको वडाध्यक्षल चेपाङको गुनासो छ  । 

घटनाको आलोचना

वडाअध्यक्ष चेपाङमाथि भएको दुर्व्यवहारको चौतर्फी आलोचना भइरहेको छ । घटना जोसुकैले घटाए पनि पञ्चबहादुरमाथि भएको घटना समग्र चेपाङ समुदायमाथिको समेत आक्रमण भएको तत्कालीन संविधानसभा सदस्य गोविन्द चेपाङले बताएका छन् । 

घटनाको विरोधमा नेकपा चितवन, नेकपा इच्छाकामना, नेपाल चेपाङ संघ, जिल्ला कार्यासमिति चितवन, इच्छाकामना गाउँपालिका इकाइलगायतले आइतबार विज्ञप्ती निकाली विरोध गरेका छन् । 

त्यस्तै इच्छाकामना गाउँपालिकाका ६ वटा वडाका अध्यक्षहरुले आइतार विज्ञप्ति निकाली घटनाको भत्र्सना गरेका छन् । तर नेपाली कांग्रेसले आफ्ना दुई नेता पक्राउ गरिएको विरोधमा विज्ञप्ती निकालेर खण्डन गरेको थियो । हाल उनीहरुमाथि पनि अनुसन्धान भइरहेको प्रवत्ता कोइरालाले जानकारी दिए । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro