site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस प्रवेश गरेको भन्दै नेकपा कार्यकर्ताद्वारा आक्रमण

चितवन । मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरुले कांग्रेसका कार्यकताहरुमाथि कुटपिट गरेका छन् । 

कुटपिटबाट उनको टाउको, ढाड र खुट्टामा गम्भीर चोट लागेको बताइएको छ । खैरहनी नगरपालिका वडा नम्बर ४ चैनपुरमा गएराति नेकपाका दिपक मगरसहितका कार्यकताहरुले ४५ वर्षीय टेक बहादुर परियारलाई गएराति अन्धाधुन्ध आक्रमण गरेको नेपाली कांग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठले जानकारी दिए ।

निर्वाचनको दौरानमा केही  दिनअघि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितिमा परियार सहित सयौंको संख्यामा नेकपा परित्याग गरि काँग्रेसमा प्रवेश गरेका थिए ।

निर्वाचनको मुखमा कांग्रेस प्रवेश गरेर नेकपालाई कमजोर बनाउन खोजेको भन्दै आफूमाथि कुटपिट गरिएको परियारले बताए ।  कुटपिटबाट घाइते परियारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । 

अघिल्लो स्थानीय तहको निर्वाचनका क्रममा नेपाली कांग्रेसले जीत हासिल गरेको सो वडामा पुनः कांग्रेसकै जित हुने देखेपछि नेकपाका कार्यकर्ता आक्रमणमा उत्रिएको कांग्रेस सभापति श्रेष्ठले बताए । घाइते परियारको अवस्था गम्भिर रहेको श्रेष्ठले जानकारी दिए । 
 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६  १४:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro