site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शुल्क फिर्ता नगरे आन्दोलन चर्काउने विद्यार्थीको चेतावनी

चितवन । चितवन मेडिकल सञ्चालकले अनेकौं प्रपञ्ज रचेर आन्दोलन तुह्याउने प्रयास गरेपनि आइतबार उक्त प्रयास असफल भएको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । 

चितवन मेडिकल कलेजका विद्यार्थी मात्र नभई अन्य कलेजका विद्यार्थी, अभिभावकहरुले आइतबारको प्रर्दशनलाई साथ दिएका छन् । हजारौंको संख्यामा रहेका विद्यार्थीहरुले ‘मेडिकल माफिया मुर्दावाद, अतिरित्त शुल्क फिर्ता गर, स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेण्टी गर, विद्यार्थीमाथिको दमन बन्द गर’ लेखिएका प्लाकार्ड बोकेर प्रदर्शन गरेका थिए । 

चिकित्सा शिक्षा संघर्ष समितिको नेतृत्वमा भएको विरोध प्रर्दशन विरेन्द्र बहुमुखी क्याम्पस हुँदै नारायणगढको लायन्सचोक, सहिदचोकबाट क्याम्पसगेट हुँदै चौबिसकोठीमा गएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै समितिका सदस्य मान्यता थापाले मेडिकल माफियाविरुद्धको संघर्ष कि वार कि पार गरेरै छाड्ने बताइन् । मेडिकल माफियाहरुले अनेक षड्यन्त्र गररे विद्यार्थीहरुको संघर्ष तुह्याउने सपना नदेख्न पनि उनले चेतावनी दिइन् । 

प्रशासनले विद्यार्थीको जति आवाज दबाउन खोज्छ आफूहरुको आवाज त्यती नै बुलन्द पार्ने र कलेज प्रशासनले प्रहरी दमनबाट विद्यार्थीलाई आतंकित पारे पनि आफूहरुको मनोबल थप बढेको बताइन् । 

विद्यार्थीमाथि षड्यन्त्र गर्ने मेडिकल माफियाहरुलाई त्यसै नछोड्ने उनीहरुको चेतवानी छ । न्यायका लागि धेरै लामो समय आन्दोलन गरिएको भन्दै विद्यार्थीहरुले दमनविरुद्ध प्रतिकार गर्ने चेतावनी दिए ।

आन्दोलन तुहाउन शनिबार साँझ कलेजको होस्टल परिसरमा पेस्तोल राखेर षडयन्त्र गरेको आरोप लगाएका छन् ।  आइतबार साँझ विज्ञप्ती जारी गर्दै संघर्ष समितिका संयोजक प्रकाश चन्दले हतियारको भ्रमपूर्ण षडयन्त्र भएको भन्दै माफिया राज्यको संज्ञा दिएका छन् । आजको आन्दोलनको तयारी र छलफल गरिरहेकै बेला सुरक्षा गार्डलाई बोलाउन लगाई प्रहरीले गिरफ्तार गर्ने प्रयास गरेको बताएका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘होस्टल अरु बेलाजस्तै सामान्य थियो, छलफलको क्रममा म बीडीएस हलमा गएँ, प्लाकार्ड बनाएका साथीहरुसंँग छलफल गरे तर त्यसको ३५ मिनेटपछि संवेदनशील विषय भएको भन्दै एक्कासी प्रहरीले होस्टल घेराउ गर्‍यो ’। 

प्रहरीको घेराउपछि स्थिति तनावग्रस्त भएकोले चन्दलगायत धेरै विद्यार्थीले होस्टल छोडेको र केही विद्यार्थीलाई बन्धक बनाएको उनका दाबी छ । यता प्रहरीले पेस्तोल, खोका र म्यागाजिन भेटिएको र सुरक्षा गार्डसहित चारजनाई नियन्त्रणमा लिएको जानकारी दिएको थियो । घटना भएको २४ घण्टा बित्दापनि यसबारेमा अनुसन्धान र सोधपुछ चलिरहेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिएका छन् । 

बिहानैदेखि सुरुभएको विद्यार्थीको विरोध प्रदर्शनबारे कलेज प्रशासनले भने कुनै प्रभाव नपरेको जनाएको छ । “बाहिर प्रदर्शन, र्‍याली गरेको सुनियो” अस्पतालका अपरेशनल मेनेजर पारस अधिकारीले भने, “भित्र यसको प्रभाव छैन ।”

आन्दोलनको बिषयमा प्रश्न सोध्दा यो समस्या चितवनको मात्रै नभएको हुँदा केन्द्रको निर्णय कुर्ने बताए । आन्दोलनबाट विगतमाजस्तै ठूलो भौतिक क्षति नहोस भन्ने उद्देश्यले गए रातिदेखि नै अस्पताल र होस्टल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएका उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६  १८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro