site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भद्रगोल कांग्रेस ! अस्तित्वविहीन भ्रातृसंस्था 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेताहरू मञ्च पाउनेवित्तिकै अरू पार्टीलाई लोकतन्त्र र तदनुरूपको आचरणको पाठ सिकाउन पछि पर्दैनन् ।  पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकार, विधिको शासन, संसदीय सर्वोच्चता र न्यायिक स्वतन्त्रता कांग्रेसको मूलमन्त्र भइहाल्यो । अरूलाई लोकतन्त्र र सुशासनको पाठ सिकाउँदै हिँड्ने कांग्रेस ‘लोकतान्त्रिक’ बन्न भने सकेको छैन । उसको आन्तरिक लोकतन्त्र धुजाधुजा भएको छ ।

कांग्रेसका अधिकांश भ्रातृसंस्थाहरू लगभग विघटित अवस्थामा छन् । आवधिक महाधिवेशन गर्न नसकेर सबैजसो निस्क्रिय छन् ।

विधानअनुसार कांग्रेसका हरेक भ्रातृसंस्थाहरूको महाधिवेशन हरेक दुई–तीन वर्षमा हुनुपर्छ । तर, कांग्रेसका १३ भ्रातृसंस्था मध्य नौ भ्रातृ संस्थाहरूले महाधिवेशन नै गरेर समयावधि गुजारिसकेका छन् । आइतबारमात्रै कांग्रेसको युवा संगठन तरुण दलको तीन वर्षे कार्यकाल अधिवेशन नै नगरी समाप्त भयो ।

Prabhu Bank
Agni Group
NIC Asia

२०७३ मंसिर १ गते कास्कीको पोखरामा सम्पन्न महाधिवेशनबाट जीतजंग बस्नेत तरुण दलका अध्यक्षमा निर्वाचित भए । तरुण दलको चौथो महाधिवेशनले अध्यक्षमा बस्नेत, उपाध्यक्षमा उत्तमकुमार चापागाईं, महासचिवमा भुपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्वान गुरूङलाई सर्वसम्मत चयन गरेको थियो । 

अध्यक्ष बस्नेत शेरबहादुर देउवा पक्षका, चापागाईं कृष्णप्रसाद सिटौला पक्षका र शाही रामचन्द्र पौडेल पक्षका थिए । कोषाध्यक्ष गुरुङ स्वर्गीय नेता खुमबहादुर खड्का निकट मानिन्थे । तरूण दलको विधानले ९५ सदस्यीय केन्द्रीय कमिटी व्यवस्था गरेको थियो ।

Global Ime bank

तर, कार्यकाल सकिँदासम्म तरूण दल ४ जनामै सीमित रह्यो । केन्द्रीय कमिटी मनोनितसम्म गर्न सकेन ।

कांग्रेसका नेता–कार्यकर्ता उत्पादनको ‘नर्सरी’ मानिने अर्को प्रमुख भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) नेतृत्वविहीन भएको झण्डै १० महिना गुज्रियो । २०७३ भदौ २ मा ११ औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित नैनसिंह महरले मातृ पार्टीले दुई पटक थप गरेको समायावधिमा पनि महाधिवेशन सम्पन्न गर्न नसकेपछि गत माघ २ गते राजीनामा दिएर बिदा भए । 

महरको राजीनामापछि कांग्रेस नेतृत्वले १२ औं महाधिवेशनका लागि तदर्थ समिति गठन गर्ने बताए पनि नेविसंघलाई नयाँ नेतृत्व दिन सकेको छैन । नेविसंघको अध्यक्षलगायत पदाधिकारी ३२ वर्षभन्दा मुनिकोलाई बनाउने कि, माथिको लागि बनाउने भन्ने विवादमै अल्झिएको छ ।
केन्द्रीय कार्यसमितिले नेतृत्व चयनको सम्पूर्ण जिम्मेवारी सभापति शेरबहादुर देउवालाई सुम्पिए पनि नेविसंघले नयाँ नेतृत्व पाउन अझ कति कुर्नुपर्छ निश्चित छैन ।

कांग्रेसको अर्को महत्वपूर्ण भ्रातृसंस्था नेपाल किसान संघमा विगत १५ वर्षदेखि महाधिवेशन भएको छैन् । भानु सिग्देल १५ वर्षदेखि किसान संघको अध्यक्षमा बहाल छन् । यसले आवधिक निर्वाचनको पक्षपोषक कांग्रेसको मूल नीतिको धज्जी उडाएको छ ।

तत्कालीन नेपाली कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) बीच एकता हुँदा २०६४ सालमा सिग्देललाई किसान संघको अध्यक्ष बनाइएको थियो । त्यसपछि किसान संघको विधानले अधिवेशनको अवधि नै बिर्सिइसकेको छ ।

नेपाल दलित संघ कार्यकाल सकिएको नाघिसक्दा पनि महाधिवेशनको टुंगो लाग्न सकेको छैन । विक्रम सम्वत् २०५९ फागुनमा झापामा सम्पन्न चौथो महाधिवेशनबाट मीन विश्वकर्मा अध्यक्षमा निर्वाचित भएका थिए । दलित संघका अध्यक्ष विश्वकर्मा र महासचिव लक्ष्मी परियार कांग्रेस केन्द्रीय सदस्यसमेत हुन् । जो बोल्ने ठाउँ पाए भने आवधिक निर्वाचन, विधिको शासनको अभियन्ता बन्न पछि पर्दैनन् ।

महासचिव परियारले गत चैत २५ गते प्रेस विज्ञप्ति जारी गर्दै दलित संघको पाँचौ राष्ट्रिय महाधिवेशन २०७६ जेठमा हुने बताएकी थिइन् । उनकाअनुसार काठमाडौंमा बसेको दलित संघको पूर्ण बैठकले ०७६ जेठ २५ देखि २७ गतेसम्म रुपन्देहीमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । 

बैठकले महाधिवेशनका लागि आयोजक जिल्लाको समेत सहभागिता रहने गरी पाँच सय ५१ सदस्य मूल आयोजक समिति पनि गठन गरेको थियो । तर, महाधिवेशनको मिति निर्धारण गरेको पाँच महिना नाघिसक्दा पनि महाधिवेशन हुन सकेको छैन । 

कार्यकाल सकिएका भ्रातृ संस्थाको अधिवेशनका लागि काम सुरु

कांग्रेसको अर्को भ्रातृसंस्था नेपाल प्रजातन्त्र सेनानी संघको पनि लामो समयदेखि महाधिवेशन हुन सकेको छैन । २०६९ माघ ६ मा पार्टी केन्द्रीय कार्यसमितिले म्याद थप गरिदिएपछि अध्यक्ष टङ्कप्रसाद कँडेलले महाधिवेशन गर्न सकेका छैनन् । 

आदिवासी जनजाति संघमा पनि १५ वर्षदेखि इन्द्रबहादुर गुरुङ नेतृत्वको पुरानै कार्यसमिति छ । नेपाल तामाङ संघका अध्यक्ष कवेलबहादुर लामा अध्यक्ष भएको १० वर्ष भयो । उनी पनि २०६६ सालदेखि अध्यक्ष छन् ।

नेपाल ठाकुर संघको १० वर्षदेखि महाधिवेशन हुन सकेको छैन । नेपाल ठाकुर संघको अध्यक्ष अनिरुद्र ठाकुर हुन् । उनी ३१ वैशाख २०६७ सालदेखि अध्यक्ष नेतृत्व गरिरहेका छन् । नेपाल अपाङ्ग संघ ०६६ मा गठन भएदेखि महाधिवेशन हुन सकेको छैन । अपाङग संघमा स्थापनाकालदेखि अध्यक्ष रहेका भोजराज श्रेष्ठले महाधिवेशन गरेका छैनन् । अधिवेशन गर्ने तयारी पनि छैन ।

कांग्रेसका १३ वटा भ्रातृसंस्थामध्ये नेपाल महिला संघ, नेपाल मुस्लिम संघ, नेपाल मगर संघ र भूपू सैनिक संघको मात्र नियमित समयमा महाधिवेशन भएको छ । तर, महाधिवेशन भएका भ्रातृसंस्थाहरु पनि गुटबन्दीका कारण थिलोथिलो छन् । आन्तरिक लोकतन्त्र थङ्थिलो बनेको छ ।
यद्यपि कांग्रेसले गत भदौ महिनामा कार्यकाल सकिएका भ्रातृसंस्थाको म्याद छ महिनाका लागि थप गरेको थियो ।

कार्यकाल सकिएका भ्रातृ संस्थाको म्याद ६ महिना थपियो

गत भदौ १७ गते राति सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले कार्यकाल सकिएका भ्रातृसंस्थाहरुकोे म्याद छ महिनाका लागि थप गर्दै वर्तमान कार्यसमितिहरू अधिवेशन तयारी समितिका रूपमा रहने र उनीहरूले थपिएको समयावधिभित्रै अधिवेशन गरिसक्नुपर्ने निर्णय गरेको थियो ।  केन्द्रीय कार्यसमिति बैठकले अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको कार्यकाल छ महिना थप गर्ने निर्णयसँगै मापदण्ड निर्माणका लागि केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा सात सदस्यीय समिति पनि गठन गरेको थियो । 

तर, समयावधि थप गरेको तीन महिना पुग्नै लाग्दा पनि न त समयावधि सकिएका भ्रातृसंस्थाहरूले महाधिवेशनको तयारी गरेका छन्, न त मापदण्ड निर्माणका लागि साउदको संयोजकत्वमा गठित ‘भ्रातृ एवं शुभेच्छुक संस्थाको सैद्धान्तिक मापदण्ड तथा विधान सुझाव समिति’ ले सन्तोषजनक रुपमा काम गर्न सकेको छ । 

यद्यपि संयोजक साउदले कार्यकाल सकिएका भ्रातृसंस्थाहरुको अधिवेशनका लागि काम अगाडि बढाएको दाबी गरेका छन् । सुझाव समितिले भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान, सांगठनिक संरचना तथा सैद्धान्तिक पक्षका बारेमा आवश्यक सुझाव संकलन गर्न विभिन्न पक्षसँग छलफल गरिरहेको उनको भनाइ छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  ०७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !