site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कार्यकाल सकिएका भ्रातृ संस्थाको म्याद ६ महिना थपियो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संस्थाहरुकोे म्याद ६ महिनाका लागि थप गरेको छ । मंगलबार राति सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले कार्यकाल सकिएका भ्रातृ संस्थाहरुको म्याद थप्ने निर्णय गरेको हो । 
म्याद थपिएको अवधिसम्म म्याद सकिएका भ्रातृ संस्थाहरुका वर्तमान कार्यसमितिहरु अधिवेशन तयारी समितिका रुपमा रहने र उनीहरुले थपिएको समयावधिभित्रै अधिवेशन गरिसक्नु पर्ने बताइएको छ ।
केन्द्रीय कार्यसमिति बैठकले अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरुको कार्यकाल छ महिना थप गर्ने निर्णय गर्दै मापदण्ड निर्माणका लागि केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । 
कांग्रेसका १३ भ्रातृ संस्थामध्ये अधिकांशको कार्यकाल समाप्त भइसकेको छ । कार्यकाल समाप्त हुने भ्रातृ संस्थामा नेपाल दलित संघ, नेपाल किसान संघ, प्रजातान्त्रिक सेनानी संघ, आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाज रहेका छन् । 
कांग्रेसले दुई पटक थपिएको म्यादभित्र पनि अधिवेशन गर्न नसकेको भन्दै गत माघमा नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमिति भंग गरेको थियो । केन्द्रीय समिति भंग भए पनि नेतृत्वबीच भागबण्डा नमिल्दा नेविसंघले नयाँ नेतृत्व पाउन सकेको छैन । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १८, २०७६  ११:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement