site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेनाका जवान मृत्यु प्रकरणः प्रहरी जवानको नाउंँमा किटानी जाहेरी

चितवन । ईच्छाकामना गाउँपालिका वडा नम्वर ३ फिस्लिङमा रहेको अस्थायी प्रहरी चौकीबाट हाम फालेर मृत्यु भएका भनिएको  नेपाली सेनाका जवान राम कंडेलको परिवारले किटानी जाहेरी दर्ता गराएका छन् ।  अस्थायी प्रहरी चौकी फिस्लिङ्मा कार्यरत प्रहरी जवान ठाकुर ढकालको नाममा मृतकका परिवारले हत्याको भएको आशंका गर्दै आइतबार किटानी जाहेरी दर्ता गराएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले किटानी जाहेरी परेको र ढकाललाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको जानकारी दिए । 

इच्छकामना गाउँपालिका वडा नम्बर ५ निवासी २८ वर्षीय राम कंडेल इच्छाकामना गाउपालिका वडा नम्बर ३ फिस्लिङमा रहेको अस्थायी प्रहरी चौकीमा राखिएको समयमा कार्यालयको तलाबाट हाम फालेर घाइते भएको प्रहरीले बताएको थियो । गम्भीर घाइते भएका कँडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  ०८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro