site stats
बाह्रखरी :: Baahrakhari
खेल
क्लब विश्वकपको सेमिफाइनलमा पीएसजीले रियाल मड्रिडसँग खेल्ने

काठमाडौं । फ्रेन्च लिग च्याम्पियन तथा च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट जर्मन (पीएसजी)ले फिफा क्लब विश्वकपको सेमिफाइनलमा स्पेनिस जायन्ट रियाल मड्रिडविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ । 

शनिबार एटलान्टामा सम्पन्न क्वार्टरफाइनलमा बायर्न म्युनिखविरुद्ध नौ खेलाडीमा सीमित पीएसजीले २–० को जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्‍यो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पीएसजीको जितमा डेजायर डोयुइ र ओस्मान डेम्बेलेले समान एक–एक गोल गरे । पीएसजीले दुवै गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ७८औँ मिनेटमा डुअ‍ेले पीएसजीलाई अग्रता दिलाएका थिए । खेलको इन्जुरी टाइममा डेम्बेलेले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । 

खेलमा पीएसजीका विलिम पाचोले ८२औँ मिनेटमा र लुकाज हर्नान्डेजले इन्जुरी टाइममा रातो कार्ड पाएछि टोली नौ खेलाडीमा सीमित भएको थियो ।

पीएसजी र रियालबीचको खेल आगामी जुलाई ९ मा न्यू जर्सीस्थित मेटलाइफ रंगशालामा हुनेछ । खेल नेपाली समयअनुसार राति १२ः४५ हुनेछ । 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १३:२५
प्रतिक्रिया दिनुहोस्