
काठमाडौं । बायर्न म्युनिकका प्रशिक्षक भिन्सेन्ट कोम्पनीले टोलीका जमाल मुसियाला घाइते भएपछि आफू निकै आक्रोशित बनाएको बताएका छन् ।
शनिबार क्लब विश्वकपअन्तर्गत अन्तिम–८ मा पेरिस सेन्ट जर्मन (पीएसजी)सँग पराजित भएको खेलमा मुसियालालाई गम्भीर चोट लागेको थियो । खेलका दौरान विपक्षी पेनाल्टी क्षेत्रमा मुसियालाले विलियम पाचोसँग बल खोस्ने क्रममा पीएसजीका गोलकिपर जियानलुइजी डोनारुमासँग ठोक्किँदा खुट्टामा चोट गम्भीर चोट लागेको थियो ।
“म खेलको हाफ टाइममा निकै आक्रोशित भएको थिएँ । तर, मेरा खेलाडीसँग होइन । मुसियालाजस्ता खेलाडीहका निम्ति यो जीवन हो । आफ्नो खेलाडीमाथि यस्तो हुँदा म आफैँ निरीह भएजस्तो महसुस हुन्छ । म बुझ्छु, फुटबलमा यस्तो हुन्छ भनेर । तर, यो त्यस्तो खेलाडीमाथि भयो जो खेल खेल्न पाउँदा रमाउँथ्यो र टोलीका लागि महत्त्वपूर्ण खेलाडी हो,” कोम्पानीले भने ।
खुट्टामा गहिरो चोटका कारण मुसियालाले कम्तीमा पाँच महिना मैदानबाहिर बस्नुपर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।