site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 चितवन मेडिकल कलेजमा तालाबन्दी 

चितवन । चितवन मेडिकल कलेज (सीएमसी) का विद्यार्थीहरुले कलेजले तोकेको समयसीमा कट्दा पनि अतिरक्त शुल्क नपाएपछि कलेजमा ताला लगाएका छन । गत असोज ४ गते जिल्ला प्रशासन कार्यालयमा भएको सहमतिअनुसार काम नगरेको भन्दै आइतबारदेखि भरतपुरको कैलाशनगरस्थित कलेजमा ताला लगाएका हुन् । 

चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दले आइतबार एक विज्ञप्ति जारी गर्दै शुल्क फिर्ता वा समायोजनको माग पूरा नभएसम्म अनिश्चितकालीन तालाबन्दी गरिएको बताएका छन् । चन्दद्वारा जारी विज्ञप्तिमा लेखिएको छ–गत असोज ४ गते जिल्ला प्रशासन कार्यालयमा चिकित्सा शिक्षा संघर्ष समिति, अभिभावक, कलेज प्रशासन र प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतको उपस्थितिमा भएको सहमति उल्लंघन भएको आजैबाट  अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।”

कलेजले अवैधानिक रुपमा अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थीहरु तीनदिनदेखि आन्दोलनरत छन् ।  कलेजले विद्यार्थीहरुबाट अतिरिक्त लिएको शुल्क फिर्ता नदिने तर  तर समायोजन गर्न सकिने बताउँदै आएको छ । अतिरिक्त सबै रकम कलेजको कारोबारमा दाखिला भइसकेको र कर तथा अडिटसमेत भइसकेको भन्दै कलेजले फिर्ता दिन नसक्ने  बताएको हो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६  ०६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro