site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘श्रीमान् ! ज्योति परिवारको इज्जतमा बलात्कार गर्न खोजियो’ 
SkywellSkywell

काठमाडौं । ठगी अभियोगमा पक्राउ परेका व्यवसायी रुपज्योति कंसाकारले आफूविरुद्ध षड्यन्त्र भएको  बताएका छन् । उनले आइतबार काठमाडौं जिल्ला अदालतमा आफू निर्दोष रहेको जिकिर गरेका हुन् । 

प्रहरीले गत बिहिबार विमानस्थलबाटै पक्राउ गरेका कंसाकारलाई दोस्रोपटक म्याद थपका लागि अदालत ल्याएको थियो । न्यायाधीश ओमप्रसाद अर्यालको इजलाशले थप अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । 

सो क्रममा उनले आफूलाई हिरासतमा राख्नुपर्ने कुनै कारण नभएको भन्दै आफूलाई साधारण तारेखमा छाड्नुपर्ने जिकिर गरे । “मलाई कुन अभियोगमा हिरासतमा राखियो ?” ज्योतिले पटकपटक कारण सोधे ।

KFC Island Ad
NIC Asia

न्यायाधीश अर्यालले ज्योतिको प्रश्नको जवाफ अदालतले दिनुपर्ने कारण नभएको भन्दै अदालतले जवाफ लिखितमा दिने बताए । अहिलेसम्म मुद्दा नै अदालतमा दर्ता नभएकाले अनुसन्धान अधिकारीसमक्ष बयानमा आफ्नो कुरा भन्न ज्योतिलाई सुझाव दिएपछि ज्योतिले आफूलाई कानुनी कुरा थाहा नभएको भन्दै भूल सुधार गरेका थिए । 

पक्राउ पुर्जी जारी भएको थाहा पाउँदा पाउँदै आफू नेपाल आएको, आफूमाथिको अभियोगसँग सम्बन्धित प्रमाण समेत नष्ट गर्ने सम्भावना नरहेको र देश छोडेर भाग्ने पनि नभएकाले आफूलाई हिरासतमा राख्नुपर्ने अवस्था नभएको उनको जिकिर थियो । ज्योति परिवारको इज्जतमा बलात्कार भएको दुखेसो पनि उनले पोखे । 

Royal Enfield Island Ad

त्यस्तै, उनले आफू संलग्नै नभएको कम्पनीको कारोबारमा ज्योति परिवारका ११ जनाविरुद्द उजुरी दिएको भन्दै उजुरीकै आधारमा हिरासतमा राख्ने हो भने भोलि अरु व्यवसायीमाथि पनि यस्तो हुनसक्ने बताए । “श्रीमान् ! ज्योति परिवारको इज्जतमा बलात्कार गर्न खोजिएको छ । मलाई हिरासतमा राख्नुपर्ने कारण छैन,” उनले भने । आफूले ठगेको भनेको रकम अदालतमा जम्मा गरिसकेकाले ठगी गरेको भन्ने आधार पनि नभएको उनको दाबी थियो । ज्योतिलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ । तर, उनकी छोरी सुरुची भने उपचारका लागि अस्पताल भर्ना भएकी छन् ।  

रुपज्योतिले आफूसँग विवाद मिलाउन भन्दै ५ करोड मागिएको पनि इजलाशसमक्ष बताए । प्रहरीले ज्योतिको कल डिटेल हेर्नुपर्ने, ठगी गरेको कम्पनीको आधिकारिक दस्तावेज लगायतबारे थप अनुसन्धान गर्नुपर्ने भन्दै दोस्रो पटक म्याद थपका लागि अनुमति मागेको थियो । जिल्ला न्यायाधीश अर्यालले मुद्दा अदालतमा नआइसकेकाले ज्योतिको बयानकै आधारमा अदालतले आदेश गर्न नमिल्ने, ज्योतिले आफ्ना कुरा बयानका क्रममा अनुसन्धान अधिकारीसमक्ष राख्न्ुपर्ने फौजदारी न्यायको सिद्धान्त स्मरण गराएका थिए । न्यायाधीश अर्यालले थप ५ दिन अनुसन्धानका लागि प्रहरीलाई अनुमति दिएका छन् । 

जिल्ला अदालत काठमाडौंले ०७५ मंसिर २० गते ज्योतिको नाममा पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको थियो । त्यसपछि मंसिर २५ गते जिल्ला अदालतले जारी गरेको पुर्जी खारेजको माग गर्दै ज्योति सर्वोच्च अदालत गएका थिए । कात्तिक २८ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलाशले ज्योतिको सो रिट खारेज गरेको थियो । 

काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित ल्यान्डमार्क डेभलपर्स प्रालि र विजेन्द्रकृष्ण मल्लबीच २०७१ सालमा घर निर्माणसम्बन्धी सम्झौता भएको थियो । सम्झौतामा ६ आना ३ दाम २.१६ पैसाको जग्गामा घर बनाएर मल्ललाई हस्तान्तरण गर्ने सहमति थियो । सम्झौताबमोजिम मल्लले ल्यान्डमार्कलाई अग्रिम एक करोड ३६ लाख रुपैयाँ दिएका थिए ।

घर बनाएर हस्तान्तरण गर्दा मल्लले २ करोड १४ लाख १९ हजार ७५० रुपैयाँ बुझाउनुपर्ने सम्झौतामा थियो । तर, सो जग्गामा घर नबनाई एक करोड ३६ लाख रुपैयाँ ठगी गरेको उजुरी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६  १७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro