site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय नक्सामा नेपाली भूमि राखेको विरोधमा चितवनमा पनि प्रदर्शन
SkywellSkywell

चितवन । भारतले आफ्नो नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेकलाई समावेश गरेको विरोधमा देशभर विरोध भइरहेको बेला चितवनमा पनि बिहीबार प्रदर्शन गरिएको छ । 

नेकपा क्रान्तिकारी माओवादीको भ्रातृ संस्था देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, जिल्ला समिति चितवनले नेपाली भू-भाग अतिक्रमण गरेको भन्दै बिहीबार दिउँसो नारायणगढको  पुलचोकमा विरोध प्रर्दशन गरेको हो ।

KFC Island Ad
NIC Asia

पुल्चोकबाट निस्किएको र्‍याली लायन्सचोकमा आएर समापन भएको थियो । प्रदर्शनकारीले 'लिपुलेक हाम्रो हो', 'भारतीय विस्तारवाद कालापानी छोड', 'दलाल संसदीय व्यवस्था मुर्दावाद', 'नरेन्द्र मोदी मुर्दावाद', 'ओली सरकार मुर्दावाद' भन्दै नारा लगाएका थिए । प्लाकार्डमा 'सम्पूर्ण नेपाली नागरिक एक हौँ', '१९५० लगायतका सम्पूर्ण असमान सन्धी सम्झौता खारेज गर' लगायतका नारा लेखिएका थिए । 

सो क्रममा बोल्दै मोर्चाका अध्यक्ष बाबुराम प्यासी परियारले भारतले नक्सा नसच्चाएसम्म प्रदर्शनलाई जारी राखिने बताए । भारतको विस्तारवादी नीतिको विरोध गर्दै उनीहरुले नेपालको भू-भाग भारतीय तत्काल नक्साबाट हटाउन माग गरेका छन् । नेकपा निकट विद्यार्थी संगठनले पनि यसको चर्को विरोध गर्दै विहान प्रदर्शन गरेको थियो प्रदर्शन पश्चात चौबीसकौठीमा कोणसभामा परिणत भएको थियो । 

Royal Enfield Island Ad

कोणसभामा सम्बोधन गर्दै विद्यार्थी नेता अशोक देवकोटाले भारतले विगतदेखिको हेपाहा प्रवृत्ति फेरि दोहोर्‍याएकाले राष्ट्रियता संरक्षणका लागि सडकमा उत्रिनु परेको बताए । 

उनले आजको कार्यक्रम सांकेतिक रुपमा रहेको र सरकारले समस्या समाधानका लागी प्रभावकारी भूमिका नखेले भारतविरुद्धको आन्दोलन देशव्यापी रुपमा चर्काउने चेतावनी पनि दिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६  २०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro