site stats
बाह्रखरी :: Baahrakhari
देश
Argakhachi Cement Island Ad

चितवन । घरमै रहेको बाल्टिनमा डुबेर चितवनमा एकजना बालिकाको मृत्यु भएको छ । 

राप्ती नगरपालिका वडा नम्बर ३ बस्ने बिशुलाल लोप्चनको एक वर्षीया छोरी सोनिया लोप्चन खेल्नेक्रममा घरमा भरी पानी भएको बाल्टिनमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनका डिएसपी शालिकराम पौडेलले जानकारी दिए । 

डुबेर गम्भीर घाइते भएकी उनलाई चितवन मेडिकल कलेजमा उपचारको क्रममा अपरान्ह ५ बजे मृत्यु भएको पौडेलले बताए । उनको शव परीक्षणको लागि भरतपुर अस्पताल पठाउन लागिएको छ ।  
 

प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६  २०:२५
प्रतिक्रिया दिनुहोस्