site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दाङमा उपनिर्वाचनको चुनावी प्रक्रिया सुरु 

दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ को (ख) मा प्रदेशसभा सदस्यका लागि आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको चुनावी प्रक्रिया सोमबारबाट सुरु भएको छ । 

बार एशोसियशन घोराहीको भवनमा आइतबार खुलेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रदेशसभा सदस्य निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो । उपनिर्वाचन कार्यतालिका अनुसार सोमबारदेखी उमेद्वारहरुलाई मनोनयन पत्र वितरण सुरु भएको छ ।

Argakhachi Cement Island Ad

कार्तिक २१ गते उमेदवारहरुले मनोनयन दर्ता गर्ने मिति तोकिएको सहायक निर्वाचन अधिकृत धनी प्रसाद चपाईले जानकारी दिएका छन । २१ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उमेदवारको नामावली सार्वजनिक हुनेछ ।

त्यसैगरी, कार्तिक २२ गते उमेदवारको विरोधमा उजुरी दिने, २३ गते उजुरीमाथि जाँचबुझ गर्ने र सोही दिन उमेदवारहरुको नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको सहायक निर्वाचन अधिकृत चपाईले जानकारी दिएका छन ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६  १९:२८
प्रतिक्रिया दिनुहोस्