site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राज्यव्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो । 

समितिका सभापति रामहरी खतिवडाले विधेयकले नागरिकता नभएका व्यक्तिलाई नागरिकता प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सर्वसहमतिबाट विधेयक पारित गराउन सहयोग गर्ने सांसदहरूलाई धन्यवाद दिए ।

Argakhachi Cement Island Ad

समितिबाट पारित भएको नागरिकसम्बन्धी विधेयकलाई छिट्टै संसद्‌मा पेस गरिने समेत उनले जानकारी दिए । 

 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्