site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बन्द इजलाशमा महराको ५ घण्टा बयान, आइतबारबाट थुनछेक बहस

काठमाडौं । जवर्जस्ती करणी उद्योगको अभियोग लागेका लागेका पूर्व सभामुख तथा सांसद कृष्णबहादुर महराको बयान सकिएको छ । आज बिहान १२ बजेबाट शुरु भएको उनको बयान करिब ५ बजेसम्म चलेको थियो । करिब ५ घण्टा महराले जिल्ला अदालत काठमाडौंमा बयान दिएको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए । 

बयान लामो समयसम्म चलेपछि थुनछेक बहस भने आज हुन नसकेको उनले बताए । आइतबार महराको मुद्दामा थुनछेक बहस हुनेछ । जिल्ला अदालत काठमाडौंका मुख्य न्यायाधीश सुदर्शनराज पाण्डको इजलाशमा महराको बयान भएको हो । उनले बन्द इजलाशमा बयान दिएका हुन् । 

बिहीबार बयान नसकिएको भन्दै न्यायाधिश पाण्डेकै इजलाशले महरालाई न्यायिक हिरासतमै राख्न आदेश दिएको थियो । महरालाई पक्राउ गरेको २५ दिनपछि बिहिबार मुद्दा दर्ता भएको थियो । 

मुलुकी अपराध संहिताको दफा २१९ (३) अनुसार १८ वर्षभन्दा बढी उमेरकी महिलासँगको करणीमा न्यूनतम सातदेखि अधिकतम १० वर्षसम्म कैदको व्यवस्था छ । महराको हकमा करणी उद्योगमा मुद्दा दर्ता गरिएकाले उक्त सजायको आधामात्र मागदाबी छ । जसअनुसार कम्तीमा साढे तीन वर्षदेखि पाँच वर्षसम्म कैद दाबी गरिएको छ ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले कसुर गरेकाले अभियोगपत्रमा थप डेढी सजाय माग गरिएको छ । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा १५ (२) को (ङ) अनुसारको सजाय दाबी गरिएको छ । दुबै मागदाबी अनुसार महरामाथि न्यूनतम पाँच वर्ष तीन महिना तथा अधिकतम सात वर्ष छ महिना कैद सजाय हुन सक्नेछ ।

थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा वा सामान्य तारेखमा रिहा गर्ने आदेश हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro