site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साढे ७ वर्ष जेल सजाय मागदाबीसहित महराविरूद्ध अदालतमा अभियोगपत्र दर्ता हुँदै
SkywellSkywell

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेर थुनामा रहेका निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महराविरूद्ध जबर्जस्ती करणी उद्योगमा अभियोगपत्र दायर हुने भएको छ । सरकारी वकिल कार्यालय स्रोतका अनुसार आजै काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गर्ने तयारी भइरहेको छ । 

फौजदारी संहितामा १८ वर्षभन्दा बढी उमेरकालाई बलात्कार गरेको ठहर भएमा ७ देखि १० वर्षसम्म जेल सजाय हुनसक्ने व्यवस्था छ । महराविरूद्ध करणी उद्योगमा मुद्दा दर्ता गर्न लागेकाले सो सजायको आधा अर्थात् ५ वर्षसम्म जेल सजाय माग गर्ने सरकारी वकिल कार्यालयको तयारी रहेको छ ।

KFC Island Ad
NIC Asia

त्यसमा फौजदारी संहिताकै सजाय निर्धारण एेनअनुसार सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले ठहर भएको कैद सजायमा थप डेढी अर्थात् अधिकतम ठहर गरे अर्को साढे २ वर्ष सजाय थप हुने गरी अभियोगपत्र दर्ता गर्न लागिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।

महराको आज थुनछेक बहस सुरु हुँदैछ । थुनछेक बहस आज नै सकिए साधारण तारेखमा छुट्ने, धरौटी माग गर्ने वा पुर्पक्षका लागि जेल पठाउने आदेश हुनेछ । 

Royal Enfield Island Ad

थुनामा राख्न तेस्रो पटकको म्याद थपपछि महरालाई आज थुनछेकका लागि अदालतमा पेस गरिन लागेको हो । काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न पहिलो पटक १३ दिन, दोस्रोपटक ५ दिन र तेस्रोपटक सात दिन म्याद दिएको थियो । 

महराको तर्फबाट बहस गर्ने कानुन व्यवसायीको संख्या धेरै भएकाले आजै थुनछेक बहस सकिने सम्भावना कम रहेको प्रहरी अधिकारी बताउँछन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले महरालाई जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गर्ने बताए । संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि उनकै कोठामा गएर यौन दुर्व्यवहार गरेको आरोप महरामामाथि लागेको छ ।

सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता नगरेको अवस्थामा भने महराको आरोप स्वतः खारेज हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro