site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहयोगापेक्षी सडकमानवमुक्त घोषणा गर्ने तयारीमा भरतपुर महानगर 
SkywellSkywell

चितवन । महानगरलाई समृद्ध र सुसंस्कृत बनाउने उद्देश्यसहित भरतपुर महानगरले सहयोगापेक्षी सडकमानवमुक्त महानगर बनाउने तयारी गरेको छ । यसका लागि बिहीबार महानगरले भरतपुरमा पत्रकार सम्मेलन गरी सबै तयारी पूरा गरेको जानकारी दिएको हो । यसका लागि सामाजिक संस्था मानवसेवा आश्रमसँग समन्वय गरी अगाडि बढ्ने बताइएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले महानगरलाई सुसंस्कृत र व्यवस्थित बनाउने उद्देश्यसहित यही कात्तिक ९ गते सहयोगापेक्षी मानवमुक्त महानगर घोषणा गर्न लागिएको जानकारी दिइन् । भरतपुर महानगरपालिकाको नीति तथा कार्यक्रम अर्न्तगत महानगरलाई सहयोगापेक्षी सडकमानवमुक्त महानगर घोषणा गर्न लागिएको हो ।

KFC Island Ad
NIC Asia

भोलिका दिनहरुमा यसको व्यवस्थापन गर्न निरन्तरता दिनको लागि सूचक निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन तथा मुल्यांकन समिति निर्माण भई घोषणाको तयार पूरा जनाइएको छ । 

घोषणालाई सार्थकता दिन चुनौती रहेको भन्दै महानगर प्रमुख दाहालले यसलाई दिगो व्यवस्थापन गर्ने लक्ष्यसहित महानगर अघि बढ्ने बताइन् । सो अवसरमा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले भरतपुर देशकै केन्द्र रहेको र यहाँका सडक विभिन्न थरीका मानवको आश्रयस्थल रहेकोले सुरक्षा संयन्त्रको सहयोगमा रात्रिकालिन सडक सेवालाई निरन्तरता दिने बताए । उनका अनुसार सडक मानवको प्रकृति र परिस्थिति हेरी उनीहरुलाई परामर्श गरी रोजगारीका अवसर तथा काम नै गर्न नसक्नेलाई उद्धार गरी आश्रम, धर्मशाला  तथा पुनर्स्थापना केन्द्रमा संरक्षण दिइनेछ । 

Royal Enfield Island Ad

सो अवसरमा बोल्दै मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले भरतपुरमा रहेको आश्रमले स्थापना कालदेखि सहयोगापेक्षी सडक मानवको उद्धार गरेको बताउँदै घोषणालाई सार्थक बनाउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहने बताए । हालसम्म दाताहरुको सहयोगमा चल्दै आएको आश्रमका लागि महानगरले बजेट व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ । 

घोषणाको लागि महानगरले असोज २७ देखि रात्रिकालिन उद्धार कार्यलाई सक्रिय पारेको छ । जसअनुसार यस अवधिमा २५० भन्दा बढी व्यक्तिलाई उद्धार गरी संरक्षण दिने, रोजगारी दिनेलगायत पारिवारिक पुर्नमिलन गर्ने काम भएको बताएको छ । महानगरले सडकमानव मुक्त घोषणा गर्ने तयारी गरेपनि महानगरको मातहतमा कुनै संरक्षणस्थल भने छैन । 
महानगरले आगामी दिनमा यसको लागि बजेट व्यवस्थापन लगायत अन्य रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । २०७१ सालमा भरतपुर वडा नम्बर १० रहेको मानवसेवा आश्रममा हालसम्म ५०० जनालाई उद्धार गरिएकामध्ये ३०० जनलाई पारिवारिक पुर्नमिलन गराइएको र उद्धार गरिएकामध्येबाट विभिन्न कारणले आश्रममै १०० जनाको मृत्यु भएको जनाएको छ । 

हाल उक्त आश्रममा १०० जना सडकमानव, बेसहारा, सहयोगापेक्षीहरुले संरक्षण प्राप्त गरेको आश्रमले जनाएको छ । देशभर ७ वटै प्रदेशमा र १४ जिल्लाका गरी १६ शाखामा  ८ सय ५० जना  सडकमानव सहयोगापेक्षी रहेका छन । आश्रमले २०८२ सालसम्म नेपाललाई सडकमानव सहयोगापेक्षीरहित देश बनाउने उद्देश्यले यो अभियान थालेको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro