site stats
बाह्रखरी :: Baahrakhari
देश
वेष्टर्न बैंकको रकम हिनामिना पाँच जना कारागार चलान
Argakhachi Cement Island Ad

दाङ । तत्कालीन वेष्टर्न डेभलभमेन्ट बैंकको रकम हिनामिना आरोपमा पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने बाँकी आठ जनालाई धरौटीमा छोडिएको छ । उच्च अदालत तुलसीपुरको बाणिज्य इजलाशले बुधबार यस्तो फैसला गरेको हो ।

उच्च अदालत तुलसीपुरका मुख्य न्यायधीश रमेश पोखरेल र न्यायधीश ऋषिराज दवाडीको सयुक्त इजलाशले यस्तो फैसला गरेको हो । अदालतले तत्कालीन वेष्टर्न बैंक नारायणपुर शाखा प्रमुख समीर बुढाथोकी, बैंकका कर्मचारी अनिल न्यौपाने र खातावाल बसन्तबहादुर बुढाथोकी, झगबहादुर डाँगी र बिजय गुप्तालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

यस्तै बैंकका कर्मचारी पोषण जैशी, अर्चना केसी त्यस्तै खातावाल मतकुमार पौडेल, शक्तिराम गुप्ता, बिरेन्द्रकुमार गुप्ता, बिरेन्द्रकुमार गुप्ता र बन्दना गुप्तालाई धरौटीमा छोडिएको हो । जिल्ला प्रहरी कार्यालय दाङले ५६ जना बिरुद्ध अदालतमा मुद्धा दर्ता गरेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६  २०:१५
प्रतिक्रिया दिनुहोस्