site stats
बाह्रखरी :: Baahrakhari
देश
जुवातास खालबाट एक महिलासहित आठजना नियन्त्रणमा

काठमाडौं । नेपाल प्रहरीले जुवातास खेल्ने खेलाउने कार्यमा संलग्न भएको आरोपमा एक महिलासहित आठजनालाई पक्राउ गरेको छ । 

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले सोमबार काठमाडौंको नागार्जुन नगरपालिका–४ रानीपाटी पानीट्‍यांकी नजिकको एक घरबाट पक्राउ गरेको हो । 

Argakhachi Cement Island Ad

पक्राउ पर्नेमा गुल्मीको रेसुंगा गाउँपालिका–८की उषा थापासहित आठजना छन् । उषा सोही घरमा डेरा गरी बसेकी छिन् । 

पक्राउ परेका अन्यमा राजकुमार शाही, सन्तोष तामाङ, दुर्गाबहादुर तामाङ, तुलराम थिङ, मनकुमार केरुङ लिम्बू, धनबहादुर भोलन र राजकुमार तामाङ छन् । 

प्रहरीले उनीहरूको साथबाट नेपाली नगद एक लाख १० हजार ६३० रुपैयाँ र तीन बुक तास बरामद गरेको छ । 

उनीहरूलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १७:०२
प्रतिक्रिया दिनुहोस्