site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नदी नियन्त्रण र तटबन्धको लागि ६ अर्ब बजेट 

चितवन । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा सरकारले करिब ६ अर्बको हाराहारीमा नदी नियन्त्रण र तटबन्धनको लागि बजेट विनियोजन गरेको बताएका छन । 

सरकार कानुन निर्माण र संघीय व्यवस्थाअनुरूप तीन वटा तहको सरकार सञ्चालनको सिकाइमा रहेको र योजनाबद्ध र दिगो विकासको लक्षसहित अगाडि बढिरहेको उनले बताए ।
 
भरतपुर महानगरपालिकाले बुधबार आयोजना गरेको नारायणी र राप्ती नदी तटबन्धनसम्बन्धी छलफल कार्यक्रममा मन्त्री पुनले जसको लागि चालु आर्थिक वर्षमा नारायणी र राप्ती नदी नियन्त्रण र तटबन्धका लागि २८ करोड बजेट छुट्टाएको जानकारी दिए । तीन वर्षभित्र सरकारले अध्यारोमुक्त देश बनाउने लक्ष्यसहित काम अघि बढाइएको उनले बताए । उनले भने,  "चितवन लगायत देशभर प्रत्येक घरमा बिजुली पुग्छ, उज्यालोबाट कुनै घर बाहिर हुने छैन ।"

नारायणी नदी तटबन्धनलाई प्राथमिकताका साथ काम अगाडि बढाउन सम्बन्धित आयोजना प्रमुखहरुलाई निर्देशन समेत दिएका छन  । उनले भने,  "बजेटको कमी हुन दिने छैन, काम अगाडि बढाउनूस् ।" अबको विकास साझेदारी मोडलमा अगाडि बढाउँदा आसातित उपलब्धी हासिल गर्न सकिने उनको भनाइ थियो ।  

चितवनको समग्र सिंचाइ प्रणालीको विकासमा मन्त्रालयले योजना अगाडि बढाइएको पुनले जानकारी दिए । ४१ जिल्लामा यसपटक पूर्ण विद्युतीकरण गर्ने काम सुरु भएको भन्दै चितवनलाई चाँडै नै अध्यारोमुक्त जिल्ला बनाइने बताए ।

मन्त्री पुनले भरतपुर महानगरलाई उज्यालो बनाउनका लागि स्मार्ट स्ट्रीट लाइटको अवधारणालाई अगाडि बढाइएको बताए । 

जसका लागि २० करोडको लागतमा भरतपुर महानगरमा स्मार्ट स्ट्रीट लाइट जडान गर्न लागिएको छ । स्मार्ट स्ट्रीट लाइटले बिजुली गएको समयमा समेत प्रकाश दिइनेछ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६  १७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro