site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरी र पीडित पक्षबीच झडप : पाँच प्रहरी घाइते, पीडित पक्षका १२ जना नियन्त्रणमा 

चितवन । चितवन मेडिकल कलेजमा उपचार गराउन आएका बिरामीको मृत्युको विषयलाई लिएर भएको झडपमा पाँच प्रहरी घाइते भएका छन भने प्रहरीले १२ जना मृतकका आफन्तलाई नियन्त्रणमा लिएको छ ।
 
पीडित पक्षले नाराबाजी गरिरहँदा प्रहरीले धपाउन खोजेपछि एक्कासी झडप भएको हो ।  झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । प्रर्दशनकारीले अस्पातलमा तोडफोड समेत गरेका छन् । 

झडपमा संलग्न पीडित पक्षका १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनमा प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । 

यस्तै झडपमा ५ जना प्रहरी जवान सामान्य घाइते भएको र उनीहरुको उपचार भइरहेको कोइरालाले जानकारी दिए । अहिले स्थिति सामान्य भएको प्रहरीले जनाएको छ ।  पीडित पक्षबाट भने कुनै विवरण आएको छैन

गत असोज २६ गते चितवन मेडिकल कलेज, भरतपुरमा नाकको शल्यक्रिया गराउन आएकी नवलपुर कावासोतीकी ३१ वर्षीया आशा ज्ञवालीको मृत्यु भएको थियो । अस्पताल प्रशासनले आफूहरुको आवाज दबाउन खोजेको पीडित पक्षको आरोप छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६  १९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro