site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
‘एनसेल बाह्रखरी गल्फ’ले सगरमाथा क्षेत्रमा पर्यटक बढाउँछः गाउँपालिका अध्यक्ष शेर्पा
Sarbottam CementSarbottam Cement

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाले सगरमाथा क्षेत्रमा हुन लागेको गल्फ प्रतियोगिताले सोलुखुम्बुको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । पहिलो पटक यस क्षेत्रमा हुन लागेको प्रतियोगिताबाट आफूहरु उत्साहित भएको उनले बताए । 

बाह्रखरी मिडिया प्रालिको वार्षिक इभेन्ट ‘आमन्त्रण गल्फ प्रतियोगिता’को तेस्रो संस्करण सोलुखुम्बुको कोङ्देमा आइतबार हुँदैछ । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता ४२ सय ५० मिटर उचाइमा रहेको कोङ्दे री मा खेलाइनेछ, जहाँ ४० बढी कर्पोरेट गल्फरले एक पार–३ कोर्समा प्रतिस्पर्धा गर्नेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“साहसिक यात्राका लागि चिनिएको ठाउँमा गल्फको ठूलो प्रतियोगिता हुँदैछ । हामीलाई त्यसले अन्तर्राष्ट्रिय स्तरमा यहाँको पर्यटकीय विषेशताका बारेमा जानकारी गराउनेछ । प्रतियोगिताले विश्वको उचाइमा रहेको ठाउँमा पनि गल्फ जस्तो खेल खेलाउन सकिन्छ भन्ने कुराको पनि सन्देश दिनेछ । जसले गर्दा विदेशी खेलाडी तथा पयर्टकहरुको आकर्षण पनि रहनेछ,” अध्यक्ष शेर्पाले भने । 

सगरमाथा क्षेत्रको कोङ्दे पासाङल्हामु गाउँपालिका वडा नम्बर ३ मा पर्दछ । पहिलो पटक हुन लागेको गल्फ प्रतियोगिताले सगरमाथा क्षेत्रमा पर्यटकको संख्या वृद्धि हुने शेर्पाको विश्वास छ । गल्फ प्रतियोगिताले सगरमाथा क्षेत्रमा विदेशी खेलाडीहरु पनि आकर्षित हुने र उनीहरुले आगामी दिनमा यस्ता अन्य खेलकुद प्रतियोगितामा सहभागिता जनाउने चाहना देखाउने उनले बताए । 

Global Ime bank

“सगरमाथा क्षेत्रमा पहिलेदेखि नै पर्यटकको संख्या सन्तोषजनक छ । बाह्रखरीले गर्न लागेको गल्फ प्रतियोगितापछि यहाँको पर्यटक संख्यामा वृद्धि अवश्य हुनेछ । हामीले  गाउँपालिकाका तर्फबाट यो प्रतियोगितालाई पर्यटन प्रवर्द्र्धनको मुख्य केन्द्रविन्दुको रुपमा हेरेका छौँ । यो एउटा प्रतियोगितामात्र नभई पर्यटकलाई आकर्षण गर्ने माध्यमको रुपमा पनि रहेको छ,” शेर्पाले भने । साथै गल्फ प्रतियोगिताबाट गाउँपालिकाको खेलकुद क्षेत्रमा पनि परिवर्तन आउने शेर्पाको विश्वास छ । गल्फ प्रतियोगिताले यहाँका युवा पिँढीलाई गल्फ खेलमा आकर्षण गर्न सहज हुने उनले बताए । 

प्रतियोगिता दुई चरणमा हुनेछ । पहिलो चरण कोङ्देमा २० तारिखमा हुनेछ, जसमा ४० बढी गल्फरहरुले एक होल खेल्नेछन् र दोस्रो चरणमा सबै गल्फरले अक्टोबर २६ का दिन काठमाडौंको गोकर्ण रिसोर्टमा बाँकी रहेका १७ होल खेल्नेछन् । दोस्रो चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन् । दुई चरणमा गरी करिब एकसय गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा बाह्रखरी गोल्डेन बल तथा अन्य आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । एनसेल बाह्रखरी गल्फ नेपालको सबैभन्दा उचाइमा गरिएको पहिलो गल्फ प्रतियोगिता हो । प्रतियोगिता संसारकै सबैभन्दा अग्लो ठाउँमा खेलिएको ‘रेकर्ड ब्रेकिङ गल्फ इभेन्ट’ हुने अपेक्षा आयोजकको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement