site stats
बाह्रखरी :: Baahrakhari
देश
बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

दाङ । सल्यानमा बाल विवाह गराएको अभियोगमा बेहुला बेहुलीसहित थप पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेहुलाबेहुली, उनीहरुका आमाबुवा र बिहे गराउने पण्डितसमेत गरी सातजना रहेका छन् ।

कपुरकोट गाउँपालिका वडा नं- ५ जामुने निवासी १५ वर्षीय बेहुला, १४ वर्षीया बेहुलीसहित उनीहरुका अभिभावक र बिहे गराइदिने पण्डितलाई समेत प्रहरी पक्राउ गरेर हिरासतमा राखेको छ ।

Argakhachi Cement Island Ad

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बेहुलीले कपुरकोट गाउँपालिकाकै सरस्वती आधारभूत विद्यालयमा कक्षा ७ मा अध्यनरत थिइन भने बेहुला पनि सोही विद्यालयमा कक्षा ६ मा अध्यनरत थिए ।

उनीहरु माया प्रेममा परेपछि आइतवार आपसी सल्लाहले घरबाट भागेका थिए । बेहुला बेहुलीका बाबु आमाले सल्लाह गरेर मंगलवार मात्रै उनीहरुको घरममै औपचारिक रुपमा हिन्दु परम्परा अनुसार पण्डित बोलाएर विहे गरिदिएका थिए ।

बेलुकी पख प्रहरीले त्यसको सूचना पायो । त्यही सूचनाको आधारमा प्रहरीले बेहुला बेहुलीसहित उनीहरुका अभिभावक र पण्डित समेतलाई मंगलवार बेलुकी घरवाटै पक्राउ गरि थुनामा राखेको छ । मंगलवार नै म्याद थप गरि प्रहरीले आवश्यक कारवाहीको लागि मुद्दा दर्ता गरिसकेको जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०७६  २०:१५
प्रतिक्रिया दिनुहोस्