site stats
बाह्रखरी :: Baahrakhari
देश
रोल्पाको लुंग्री खोलामा बस खस्दा दुईजनाको मृत्यु 

दाङ । रोल्पाको लुंग्री खोलामा बस खस्दा दुईजनाको मृत्यु भएको छ । आशीर्वाद यातायातको ग १ ख ५५७३ नम्बरको बस सोमबार दिउँसो खोलामा खस्दा चालक लुंग्री गाउँपालिका-३ जुतुङखोलाका २२ वर्षीय यामबहादुर घर्ती र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षीय सूर्यलाल जीएम चालक र एक यात्रुको मृत्यु भएको हो ।

सुनिल स्मृति गाउँपालिका-३ रुइनीबाङ जिप पार्कदेखि उत्तरतर्फबाट बस खोलामा खसेको प्रहरीले जनाएको छ । गाडी फर्काउने क्रममा बस सिँधै खोलामा खसेको थियो ।

Argakhachi Cement Island Ad

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार बस दुई सय मिटर तल खोलाको बीचमा खसेको छ। दुईजनाको शव निकालिएपनि बसभित्र अरु यात्रु फसिरहेको वा नरहेको केही खुलेको छैन ।

खोलाको खोँचमा बस दुर्घटनाग्रस्त अवस्थामा छ । पानीको बहाव धेरै भएकाले उद्धारमा कठिनाई भइरहेको छ। बस फर्काउन जानेक्रममा बसभित्र तीन जना मानिस रहेको अनुमान गरिएको छ। यद्यपी, यसको पुष्टि भने हुन नसकेको प्रहरी नायब उपरीक्षक गुरुङ्ले बताए ।

प्रकाशित मिति: सोमबार, असोज १३, २०७६  १८:४७
प्रतिक्रिया दिनुहोस्