site stats
बाह्रखरी :: Baahrakhari
देश
दाङका तीन पालिकामा शिक्षकको तलबमा बेरुजु

दाङ । दाङका तीन गाउँपालिकामा शिक्षकको तलबमा बेरुजु देखिएको छ ।

दाङको गढवा, राजपुर र राप्ती गाउँपालिकामा शिक्षकको तलबमा बेरुजु देखिएको हो । आर्थिक बर्ष २०७४-०७५ को विद्यालय शिक्षक तलब भत्ता निकासाका लागि स्थानीय तहमा बित्तिय हस्तान्तर भएको सशर्त अनुदानको रकममा बेरुजु देखिएको हो ।

Argakhachi Cement Island Ad

गढवा गाउँपालिकामा चारलाख ४० हजार, राजपुर गाउँपालिकामा ६४ हजार र राप्ती गाउँपालिकामा एकलाख १७ हजार बेरुजु देखिएको छ । 

बेरुजु देखिएको उक्त रकम महालेखा परीक्षकको कार्यालयबाट खटिएका लेखापरीक्षण टोलीबाटै सम्परीक्षण गराई सोको जानकारी केन्द्रमा उपलब्ध गराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले परिपत्र गरेको छ । 

महानिर्देशक बाबुराम पौडेलका अनुसार सो बेरुजु सम्परीक्षण हुन नसकेमा विद्यालय क्षेत्र विकास कार्यक्रमको साझेदार दातृ निकायहरुलाई उक्त रकम बेरुजु फिर्ता दिनुपर्ने प्राबधान रहेको भन्दै सम्बन्धित पालिकाहारुले चालुआर्थिक वर्षको अनुदानबाट सो बेरुजु वराबरको रकम कट्टा गरि बाँकी रकम मात्र निकासा हुने समेत बताए ।

प्रकाशित मिति: आइतबार, असोज १२, २०७६  १८:४६
प्रतिक्रिया दिनुहोस्