site stats
बाह्रखरी :: Baahrakhari
देश
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिकोत्सवमा उपकुलपतीको राजीनामा माग

दाङ ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रथम वार्षिक उत्सव मनाउने तयारी गरिरहँदा बाहिर भने उपकुलपतीको राजीनामा माग्दै प्रर्दशन भएको छ ।

प्रतिष्ठान बचाऔँ अभियानले शनिबार प्रतिष्ठानको प्रशासनिक भवन बाहिर प्रर्दशन गर्दै उपकुलपती प्राध्यापक डा. संगिता भण्डारीको राजीनामा माग्दै प्रर्दशन भएको हो । 

Argakhachi Cement Island Ad

प्रभावकारी ढंगले प्रतिष्ठानलाई सञ्‍चालन गर्नुको साटो सेवा प्रवाहलाई तहसनहस बनाएको आरोप लगाउदै उपकुलपती भण्डारीले तत्काल राजीनामा दिनुपर्ने बचाऔँ अभियानको माग छ ।  भएका सेवा सुविधा कटौती गर्ने, सेवा शूल्क महंगो बनाउने, चिकित्सकहरुलाई काम गर्ने बाताबरण बनाउन नसकेको, कर्मचारी माथी दमनको व्यवहार गरेको र प्रतिष्ठानलाई विश्वासहीनतातर्फ लगेको आरोप अभियानकर्मीले लगाउँदै आएका छन् । 

ट्राफिक चोकको पिपल बोटबाट राजीनामा माग गर्दै नाराबाजीसहित प्रशासनिक भवनको गेटमा पुगेर प्रर्दशनकारीले नारा लगाएका थिए ।

राप्ती उपक्षेत्रिय अस्पताल प्रतिष्ठानमा रुपान्तरण भएपछि उपचार सेवा खस्कीएको भन्दै प्रतिष्ठान बचाऔँ अभियान गठन गरेर विभिन्न संघर्षका कार्यक्रम भइरहेका छन् ।  

प्रतिष्ठानले पहिलो वार्षिक उत्सव मनाउँदै छ । आइतबार एक औपचारीक कार्यक्रम गरी प्रशासनिक भवनमै उत्सव मनाउने तयारी गरेको छ । प्रतिष्ठानका पदाधिकारी र कर्मचारीहरुले वार्षिक उत्सवलाई भव्यरुपमा मनाउने तयारी गरेका हुन् ।

प्रकाशित मिति: शनिबार, असोज ११, २०७६  १८:५५
प्रतिक्रिया दिनुहोस्