site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गच्छदार समूहलाई ११ केन्द्रीय सदस्य, ६०० महाधिवेशन प्रतिनिधि
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेससँग पार्टी एकीकरण भएको दुई वर्षपछि तत्कालीन नेपाल लोकतान्त्रिक फोरमले ११ जना केन्द्रीय सदस्य पाएको छ । शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले विजयकुमार गच्छदारको नेतृत्वमा रहेको तत्कालीन लोकतान्त्रिक फोरमलाई ११ केन्द्रीय सदस्य दिने निर्णय गरेको हो । 

उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित पाँच सदस्यीय समायोजन समितिले तयार पारेको प्रतिवेदन अनुसार  लोकतान्त्रिक फोरमका तर्फबाट कांग्रेस केन्द्रीय कार्यसमितिमा ११ जना सदस्यलाई मनोनित गर्ने सहमति जुटेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

गत कात्तिक २० गते बसेको केन्द्रीय कार्यसमिति बैठकले उपसभापति निधिको संयोजकत्वमा उपसभापति गच्छदार, सहमहामन्त्री डा. प्रकाशशरण महत तथा केन्द्रीय सदस्यद्वय महेश आचार्य र दिपक गिरी सदस्य रहेको समायोजन समिति गठन गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

बैठकले यसअघि केन्द्रीय समिति बैठकले गच्छदारलाई पार्टी उपसभापति बनाउन गरेको निर्णय र लोकतान्त्रिक फोरमका दुई सय महासमिति सदस्यको सदस्यता अनुमोदन गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी तत्कालीन लोकतान्त्रिक फोरमले ६ सय जना महाधिवेशन प्रतिनिधि पाएको छ । 

“नेपाली कांग्रेसको काठमाडौंमा गत पुसमा सम्पन्न महासमिति बैठकमा सभापतिज्यू समक्ष तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षज्यू गच्छदारद्वारा प्रस्तुत पार्टी समायोजन र एकीकरणको प्रस्ताव अन्तर्गत उहाँ (गच्छदार) लाई कांग्रेसको उपसभापति र दुई सय जनालाई महासमिति सदस्य जसमा १४८ जना पर्यवेक्षक सहित गरी स्वीकार गरी अनुृमोदन गरेको छ,” मुख्य सचिव पौडेलले भने । 

Global Ime bank

उनकाअनुसार बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दा समायोजनको प्रस्तावलाई ध्यानमा राखेर सहमतिका आधारमा समावेश गर्ने पनि निर्णय गरेको छ ।

यो पनि

कांग्रेस-लोकतान्त्रिक फोरम समायोजनः गणेश लामादेखि गीता राणासम्म केन्द्रीय सदस्य बन्दै 

कांग्रेसमा आफ्नो ‘भाग’ दाबी गर्दै गच्छदार, संस्थापनइतर समूह भन्छ- मागेजति दिन मिल्दैन

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७६ असोज १० गते बसेको बैठकद्वारा सर्वसम्मत रुपमा पारित

नेपाली कांग्रेसमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको सांगठनिक संरचना समायोजन सम्बन्धी सहमतिको दस्तावेज

नेपाली कांग्रेसको काठमाण्डौंमा आयोजित महासमितिको बैठक (२०७५ मंसिर २८–पौष ८) मा नेपाली कांग्रेसका सभापति मा. शेरबहादुर देउवा समक्ष तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष मा. विजयकुमार गच्छदारद्वारा प्रस्तुत पार्टी समायोजन र एकीकरणको प्रस्ताव अन्तर्गत मा. विजयकुमार गच्छदारलाई नेपाली कांग्रेसको उपसभापति र २०० जनालाई नेपाली कांग्रेसको महासमिति सदस्य (१४८ जना पर्यवेक्षक सहित) स्वीकार गरी अनुमोदन गरेको र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका बाँकी सांगठनिक संरचनाको समायोजनको कार्य सम्पन्न गरी केन्द्रीय कार्यसमिति समक्ष प्रश्ताव पेश गर्नका लागि केन्द्रीय कार्यसमितिको २०७५ कार्तिक २० गतेको बैठकले पार्टी उपसभापति श्री विमलेन्द्र निधि–संयोजक, उपसभापति मा. विजयकुमार गच्छदार–सदस्य, सहमहामन्त्री डा. प्रकाशशरण महत–सदस्य, केन्द्रीय सदस्य श्री महेश आचार्य–सदस्य र केन्द्रीय सदस्य श्री दिपक गिरी–सदस्य रहेको समायोजन समितिको गठन गरेकोमा,
पार्टीका सभापति, नेता, पार्टीका पदाधिकारी एवं पूर्व पदाधिकारीको समेत उपस्थितिमा सम्पन्न समायोजन समितिको बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको नेपाली कांग्रेसका देहाय बमोजिमका सांगठनिक संरचनामा देहाय बमोजिम समायोजन गर्ने सहमती कायम भएको छ ।

१. केन्द्रीय कार्यसमिति सदस्य - ११ जना । 

२. केन्द्रीय कार्यसम्पादन समिति

(क) पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको गठन गर्दा समायोजनको प्रस्तावलाई समेत ध्यानमा राखी सहमतीका आधारमा समावेश गर्ने ।

३. महासमिति सदस्य

(क)  महासमितिको बैठकमा सहभागी २०० जना महासमिति सदस्य (१४८ जना पर्यवेक्षक) । 

४. महाधिवेशन प्रतिनिधि 

(क) महासमितिको बैठकमा सहभागी २०० जना महासमिति सदस्य–महाधिवेशन प्रतिनिधि । 
(ख) महासमितिको बैठकमा पर्यवेक्षकको रुपमा सहभागी १४८ जना महाधिवेशन प्रतिनिधि । 
(ग) थप निर्णय भएका महाधिवेशन प्रतिनिधि २५२ जना । 

५. केन्द्रीय विभाग

(क) पार्टीले केन्द्रीय विभागको गठन गर्दा समायोजनको प्रस्ताव समेतलाई ध्यानमा राखी सहमतिको आधारमा समावेश गर्ने ।

६. प्रदेश कार्यसमिति

(क) पार्टीले प्रदेश कार्यसमितिको गठन गर्दा समायोजनको प्रस्तावलाई ध्यानमा राखी सहमतिका आधारमा प्रदेश कार्यसमितिका सदस्य समावेश गर्ने ।

७. जिल्ला कार्यसमिति

(क) मोरङ्ग जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य १५ जना । 
(ख) सुनसरी जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ११ जना । 
(ग) कैलाली जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ११ जना । 
(घ) बर्दिया जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ५ जना । 
(ङ) सप्तरी जिल्ला कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र सदस्य ५ जना ।
(च) सर्लाही, दाङ्ग, पर्सा र काभ्रे जिल्ला कार्यसमितिमा उपसभापति १-१ र सदस्य ७-७ जना ।
(छ) झापा र रुपन्देही जिल्ला कार्यसमितिमा उपसभापति १-१ र सदस्य ५-५ जना । 
(ज) वारा र बाँके जिल्ला कार्यसमितिमा उप–सभापति १-१ र सदस्य ३-३ जना । 
(झ) ओखलढुंगा, सिरहा, धनुषा, रौतहट, चितवन, कपिलवस्तु र कंचनपुर जिल्ला कार्यसमितिमा सहसचिव १-१ र सदस्य ३-३ जना । काठमाण्डौ र पश्चिम नवलपरासीको हकमा आवश्यक परामर्श गरी निर्णय गर्ने ।
(ञ) उदयपुर र महोत्तरी जिल्ला कार्यसमितिमा सह–सचिव १-१ र सदस्य २-२ जना ।  तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट जिल्ला कार्यसमितिको पदाधिकारी र सदस्यमा नाम सिफारिस गर्दा जिल्लाभित्रका प्रतिनिधि सभा निर्वाचन क्षेत्र र भौगोलिक वनावटलाई समेत समेट्ने गरी नाम छनौट गर्नु पर्नेछ । 
(ट)  अन्य जिल्लामा जिल्ला कार्यसमितिको बैठकको निर्णयबाट तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको महत्वपूर्ण कुनै सदस्यलाई जिल्ला कार्यसमितिमा सदस्य-आमन्त्रित गर्न सक्ने ।

८. प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति

(क) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १००० भन्दा बढी क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति, सह–सचिव र सदस्य ८ जना । सुनसरी क्षेत्र नं. ३ को हकमा सदस्य संख्या ९ रहने ।
(ख) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ७०० भन्दा बढी र १००० भन्दा कम क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र सदस्य ५ जना । 
(ग) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ७०० भन्दा कम र ३०० भन्दा बढी क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति १ र सदस्य ३ जना । 
(घ) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ३०० भन्दा कम र १०० भन्दा बढी क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा सहसचिव १ र सदस्य २ जना । 
(ङ) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा कम क्रियाशील सदस्य रहेको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको कुनै महत्वपूर्ण सदस्यलाई क्षेत्रीय कार्यसमितिको बैठकको निर्णयबाट क्षेत्रीय कार्यसमितिको बैठकमा सदस्य- आमन्त्रित गर्न सक्ने ।

९. प्रदेश सभा क्षेत्रीय कार्यसमिति

(क) वुँदा नं. ८ बमोजिम तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट समायोजन भएका प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी र सदस्य सम्बन्धित प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गत जुन प्रदेश सभा निर्वाचन क्षेत्रमा आफ्नो क्रियाशील सदस्यता रहेको छ, सोही प्रदेश सभा क्षेत्रीय कार्यसमितिको पदाधिकारी र सदस्य हुने ।
    तर, सुनसरी जिल्ला प्रदेश सभा क्षेत्रीय कार्यसमितिको सभापतिको हकमा जिल्लामा भएको सहमती अनुसार हुने ।

 

१०. नगर-उपमहानगर-महानगर कार्यसमिति
(क) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ३०० भन्दा बढी क्रियाशील सदस्य रहेको नगर-उपमहानगर-महानगर कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र जिल्ला कार्यसमिति र सम्बन्धित प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने । 
(ख) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ३०० भन्दा कम र १०० भन्दा बढी क्रियाशील सदस्य रहेको नगर-उपमहानगर-महानगर कार्यसमितिमा सहसचिव १ र जिल्ला कार्यसमिति र सम्बन्धित प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने । 
(ग) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा कम क्रियाशील सदस्य रहेको नगर-उपमहानगर-महानगर पालिकाको क्षेत्रभित्रको कुनै महत्वपूर्ण सदस्यलाई नगर-उपमहानगर-महानगर कार्यसमितिको निर्णयबाट सो कार्यसमितिको बैठकमा आमन्त्रण गर्न सक्ने । 

११. गाउँ कार्यसमिति

(क) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका २०० वा सो भन्दा बढी क्रियाशील सदस्य रहेको गाउँ कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित गाउँ कार्यसमितिको निर्णय र सहमतिमा  सदस्य संख्या तोक्ने । 
(ख) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका २०० भन्दा कम र १०० भन्दा बढी क्रियाशील सदस्य रहेको गाउँ कार्यसमितिमा सहसचिव १ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित गाउँ कार्यसमितिको निर्णय र सहमतिमा  सदस्य संख्या तोक्ने । 
(ग) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा कम क्रियाशील सदस्य रहेको गाउँ कार्यसमितिको क्षेत्रभित्रको कुनै महत्वपूर्ण सदस्यलाई गाउँ कार्यसमितिको निर्णयबाट सो कार्यसमितिको बैठकमा सदस्य-आमन्त्रित गर्न सक्ने । 
१२. नगर-वडा गाउँ कार्यसमिति
(क)    तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा बढी क्रियाशील सदस्य रहेको नगर-गाउँ वडा कार्यसमितिमा उपसभापति १, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित नगर-गाउँ कार्यसमितिको निर्णय र सहमतिमा  पदाधिकारी र सदस्य संख्या तोक्ने ।
(ख)    तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा कम, ५० भन्दा बढी क्रियाशील सदस्य रहेको नगर-गाउँ वडा कार्यसमितिमा सहसचिव १ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित नगर-गाउँ कार्यसमितिको निर्णय र सहमतिमा  सदस्य संख्या तोक्ने ।
(ग)    तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ५० भन्दा कम क्रियाशील सदस्य रहेको नगर-गाउँ वडा कार्यसमिति क्षेत्रभित्रको कुनै महत्वपूर्ण सदस्यलाई नगर-गाउँ वडा कार्यसमितिको बैठकको निर्णयबाट उक्त कार्यसमितिको बैठकमा सदस्य-आमन्त्रित गर्न सक्ने ।
१३. सहमति भए अनुसारका पार्टीका विभिन्न तहमा समायोजित नामावली पार्टीको आधिकारिक प्रेस विज्ञप्ति मार्फत जानकारी गराईनेछ ।
१४. तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट समायोजनका लागि प्राप्त नाममा कुनै कैफियत देखिएमा त्यस्तो नाम हटाउन सकिनेछ ।
१५. भ्रातृ संघ एवं शुभेच्छुक संस्था ट्ठ  भ्रातृ संघको केन्द्र र प्रदेश तहको समायोजनको हकमा पार्टीको केन्द्रीय कार्यसमितिले र जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, नगर गाउँ कार्यसमितिको समायोजनको हकमा सम्बन्धित भ्रातृ संघको केन्द्रीय कार्यसमितिले निर्णय गरे बमोजिम हुनेछ । शुभेच्छुक संस्थाको समायोजनका लागि सम्बन्धित शुभेच्छुक संस्थाहरुसंग पार्टीले समन्वय गर्नेछ । 

१६. तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट केन्द्रमा प्राप्त भई जिल्लामा पठाइएका क्रियाशील सदस्यता छानवीन र अद्यावधि गरी जिल्लाबाट केन्द्रमा प्राप्त भएपछि अन्तिम निर्णय गर्ने । यस सम्बन्धमा ५१ वटै जिल्लालाई छानविन र अद्यावधि गरी शिघ्रातिशिघ्र क्रियाशील सदस्यताको नामावलीको सूची अनिवार्य रुपमा केन्द्रमा पठाउन पुनः निर्देश गर्ने ।

मिति : २०७६-०६-१०

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०७६  २०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !