site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस-लोकतान्त्रिक फोरम समायोजनः गणेश लामादेखि गीता राणासम्म केन्द्रीय सदस्य बन्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका नेताहरुलाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्न आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । दिउँसो ३ बजे बस्ने भनिएको बैठकमा उपसभापति विजयकुमार गच्छदार पक्षका केही नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने तयारी छ । 

तर, कांग्रेसमा समायोजन भएको लोकतान्त्रिक फोरमका नेता–कार्यकर्ताको समायोजन गर्नका लागि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको कार्यदलले गच्छदारलाई दिने केन्द्रीय सदस्यको संख्या भने टुंगो लगाउन सकेको छैन । 

गच्छदार आफूले १५ केन्द्रीय सदस्य पाउनुपर्ने अडानमा छन् भने संस्थापन पक्ष उनलाई बढीमा १३ जना केन्द्रीय सदस्य दिने मनस्थितिमा देखिएको छ । “कार्यदल टुंगोमा पुग्न सकेको छैन । गच्छदार १५ जना केन्द्रीय सदस्य मागिरहनुभएको छ । पार्टीले उहाँलाई १० देखि १३ जना केन्द्रीय सदस्य दिने मनस्थितिमा छ,” कांग्रेस स्रोतले भन्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

तत्कालीन लोकतान्त्रिक फोरमका महासचिवसमेत रहेका राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले पनि पार्टीले बढीमा १३ केन्द्रीय सदस्य दिने तयारी गरेको संकेत गरेका छन् । “संख्या र नामका बारेमा गच्छदारजी र निधिजीबाहेक अरुले भन्न सक्ने अवस्था छैन,” उनले बाह्रखरीसँग भने, “१० भन्दा माथि र १३ भन्दा बढी नहोला ।”

निधिको संयोजकत्वमा रहेको कार्यदलमा सदस्य रहेका सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य महेश आचार्यले पनि संख्याको टुंगो लागिनसकेको बताएका छन् । तत्कालीन लोकतान्त्रिक फोरमले कति जना केन्द्रीय सदस्य पाउँदैछ ? भन्ने प्रश्नमा सहमहामन्त्री डा. महतले भने, “अहिले त्यो केही भा’को छैन । मिटिङमा नेतृत्वले तोक्नुहुन्छ ।”

Global Ime bank

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि भएको पार्टी एकीकरणपछि अहिलेसम्म गच्छदारलाई मात्र उपसभापतिको हैसियतमा केन्द्रीय कार्यसमितिमा ल्याइएको छ । 

गणेश लामाको पनि चर्चा

कांग्रेसमा गच्छदारका तर्फबाट को–को केन्द्रीय सदस्य बन्लान् भन्ने चर्चा पनि सुरु भएको छ । गच्छदारनिकट स्रोतका अनुसार सभापति शेरबहादुर देउवासँग समेत गच्छदारले केन्द्रीय समितिमा पठाउने नामबारे छलफल गरिसकेका छन् । 

गच्छदारले आन्तरिक रुपमा ११ जनाको सूचीसमेत तयार गरिसकेको स्रोतको दाबी छ । जसमा फोरम लोकतान्त्रिकको केन्द्रीय समितिभित्रैबाट नामहरु छानिएको गच्छदार निकट स्रोत बताउँछ । 

स्रोतका अनुसार गच्छदारले तत्कालीन लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरी, महासचिव जितेन्द्रनारायण देव, कोषाध्यक्ष शिव गुर्माछाने, केन्द्रीय सदस्य गणेश लामा, गीता राणालगायत रहेका छन् ।

विवादित छविका काभ्रेका लामालाई गच्छदारले प्रदेशसभा निर्वाचनमा समेत काभ्रेबाट टिकट दिलाएका थिए । ‘गुण्डा नाइके’का रुपमा परिचित लामा चुनावमा पराजित भएका थिए । 

राणा भने ग्यालेक्सी स्कुलकी सञ्चालक हुन् । उनी फोरम लोकतान्त्रिकको तर्फबाट संविधानसभामा सदस्य बनेकी थिइन् । 

कांग्रेसमा आफ्नो ‘भाग’ दाबी गर्दै गच्छदार, संस्थापनइतर समूह भन्छ- मागेजति दिन मिल्दैन

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०७६  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement