site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कृषि विकास बैंकको रकम कैलाश विकास बैंकबाट झिकियो, तीन सातामा दोस्रो साइबर हमला
SkywellSkywell

काठमाडौं । पछिल्लो एक महिनामा प्रहरीको सक्रियताले नेपाली बैंकमाथि हुनसक्ने सम्भावित दुई ठूला आर्थिक घटना रोकिए । महानगरीय प्रहरी परिसर काठमाडौंले १६ भदौमा ६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

उनीहरु दरबारमार्गबाट पक्राउ परेका थिए । उनीहरुको साथबाट एक करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ, हङकङ डलर ८०, चाइनिज युआन ११ सय ९१, केही अमेरिकी डलर, युरो र कम्बोडियन मुद्रा बरामद भएको थियो । प्रहरी सक्रियताले नेपाली बैंकको अर्बौं रकम लुटिनबाट जोगियो । उनीहरुमाथि अनुसन्धान जारी छ । उनीहरुले नेपाली बैंकको सर्भरमै हमला गरेर एटीएम बुथबाट रकम निकालेका थिए । थप दुईजना फरार छन् । 

प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी भन्छन्, ‘‘चिनियाँ ह्याकर समूहको योजनाकार को हो भनेर अहिले नै भन्न सकिने अवस्था छैन । उनीहरुले प्रयोग गर्ने वि–च्याट लगायतको रिपोर्ट आउन बाँकी छ । रिपोर्ट आएपछि थप तथ्य बाहिर आउला ।’’ त्यसअघि पनि नेपाली बैंकमा साइबर हमला भइसकेको छ ।

KFC Island Ad
NIC Asia

बैंकहरुले साइबर सुरक्षामा गम्भिरता नदेखाउँदा एक महिनाको बीचमै दोस्रोपटक नेपाल सरकारकै स्वामित्वमा रहेको कृषि विकास बैंकमाथि साइबर हमला भएको छ । प्रहरी र राष्ट्र बैंकले कृषि विकास बैंकबाट लुटिएको रकमबारे फरक–फरक कुरा बताइरहेका छन् । अनुसन्धानकै क्रममा रहेकाले यो विषयमा थप बोल्न प्रहरीले अस्वीकार गरेको छ ।

कसरी लुटियो रकम ?

Royal Enfield Island Ad

महानगरीय अपराध महाशाखाका प्रहरी अधिकारीका अनुसार बैंकको पैसा चोरीको योजना लामो समयदेखि बनाएको पाइएको छ । यसमा भारतको मुम्बईमा रहेका ह्याकर समूहको संलग्नता रहेको प्रहरी आशंका छ । कृषि विकास बैंकको रकम चोरी गर्ने गिरोहले नेपाली नागरिकलाई नै प्रयोग गरेको देखिएको छ । जसमा पानर रेमिट्यान्सका केही कर्मचारी समेत पक्राउ परेका छन् ।

एक प्रहरी अधिकारीले भने, ‘‘प्राविधिक पाटोका विषयमा अहिले नै भन्न सकिन्न । आइतबार कृषि विकास बैंक नुवाकोटबाट केन्द्रीय बैंकमा खाता रहेका लेमान तामाङको खातामा अस्वाभाविक रुपमा पैसा आएपछि बैंकले हामीलाई खबर गरेको हो । अनुसन्धानका क्रममा हामीले लेमानलाई पक्राउ गरेपछि थप व्यक्ति पक्राउ परे ।’’ प्रहरी स्रोतका अनुसार लेमानले सो रकम झिक्ने र झिकेपछि १० प्रतिशत कमिसन खाएर बाँकी रकम ह्याकर समूहलाई पठाउने योजना बनाएका थिए ।

ह्याकर समूहले यसका लागि लामो समयदेखि आफूलाई काम लाग्ने व्यक्तिको खोजी गरेको थियो । लेमानको खातामा ‘सौराहा’ युजर आइडीमार्फत् कृषि विकास बैंकको लहान शाखाको कम्प्युटर प्रयोग गरेर नुवाकोटबाट काठमाडौंमा पैसा ट्रान्सफर भएको पाइएको छ । यसमा बैंककै कर्मचारीमाथि पनि प्रहरीले निगरानी सुरु गरेको एक प्रहरी अधिकारीले बताए । प्रहरीले सुजन कार्की, लक्ष्मी तामाङ, निर्मला तामाङ, निमा तामाङ, सञ्जय घले, विद्या सागर, लेमान तामाङ, पुष्पराज खड्का लगायतलाई पक्राउ गरेको छ । काठमाडौंको कीर्तिपुर, सिरहा, धादिङ र कैलालीबाट उनीहरु पक्राउ परेका हुन् ।

चिनियाँ ह्याकर समूहले बैंकको एटीएम ह्याक गरेर रकम लुटेको एक महिना बित्न नपाउँदै दोहोरिएको घटनाले नेपाली बैंकको साइबर सुरक्षा प्रणालीमाथि नै प्रश्न उठेको छ । दुवै घटनामा समानता के छ भने योजनाकार पक्राउ परेका छैनन् ।

कृषि विकास बैंकको लहान शाखाबाट बैंकिङ प्रणालीमा प्रवेश गरेको ह्याकर समूहले बैंकको रकम स्टेटमेन्ट नै आफ्नो कब्जामा लिन सफल भएको प्रहरी अधिकारी बताउँछन् ।

कृषि विकास बैंकको रकम कैलाश विकास बैंकबाट झिकियो

प्रहरीका अनुसार कृषि विकास बैंकको पैसा बैंकिङ सिस्टम ह्याक गरेर विभिन्न बैंकमा समेत पठाएको खुलेको छ । कृषि विकास बैंकबाट चोरी भएको रकममध्ये १० लाख रुपैयाँ कैलाश विकास बैंकको कैलालीको भजनी र केही रकम मकवानपुरका रहेको शाखाबाट समेत निकालेको पाइएको छ ।

कैलाश विकास बैंकको कैलाली शाखाबाट पैसा निकाल्ने मानबहादुर बूढा पक्राउ परेका छन् । उनलाई काठमाडौं पठाउने तयारी गरिएको कैलाली प्रहरी स्रोतले बतायो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ८, २०७६  ११:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro