दाङ । कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दीपक गिरीले दुई तिहाईको नेकपा नेतृत्वको कम्युनिष्ट सरकार भ्रष्टाचारमा चुर्लुमै डुबेको आरोप लगाएका छन ।
नेपाली कांग्रेस दाङले थालेको जागरण अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले सरकार नै भ्रष्टाचारलाई संस्थागत गर्न लागि परेको आरोप लगाउँदै किसानहरुको समस्या समाधानमा उदासिन रहेको बताए ।
सरकारको आलोचनामै समय खर्चिएका नेता गिरीले काठमाडौं जस्तो संघीय राजधानीमा समेत डेंगु नियन्त्रण गर्न नसक्नु सरकार नागरिकप्रति कति उत्तरदायी छ भन्ने कुरा उदांगो भएको आरोप लगाए । उनले कांग्रेस जिम्मेवार प्रतिपक्ष भएको बताए ।
विरोध सभामा बोल्ने कांग्रेसी नेताहरुले सरकारले राज्य आतंक मच्चाएको, दण्डहिनता मौलाएको, असंलग्न परराष्ट्र नितीको धज्जि उडाएको, निर्मला पन्तको हत्यारालाई संरक्षण गरेको जस्ता आरोप लगाए ।
यस्तै विरोध सभालाइ राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, केन्द्रिय प्रतिनिधि ध्रुव पुरी, कांग्रेसी नेतृहरु उमा दाहाल, शुसिला शाहीले सम्बोधन गरेका थिए ।