site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
 भ्रम सिर्जना गरेर संघीयतालाई असफल बनाउन खोजियो : मुख्यमन्त्री पोखरेल

दाङ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीयतालाई असफल बनाउन केहीले भ्रम सिर्जना गरेको बताएका छन ।

दाङको तुलसीपुरमा मंगलबार भएको नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ प्रदेश नं. ५ स्तरीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले अहिले संघीयताको विरुद्धमा भ्रम छरेर राजनीति गर्न खोजिएको भन्दै यसो नगर्न आग्रह गरेका छन । 

Argakhachi Cement Island Ad

मुलुक संघीयतामा गएसँगै विकास निर्माणका काम तिव्ररुपमा अघि बढेपछि संघीयतालाई असफल पार्न यसो गरिएको उनको तर्क छ । संघीयताबारे भ्रम छरेर नेता बन्न नसकिने बताउँदै मुख्यमन्त्री पोखरेलले नेता बन्न निराशा हाइन, जनतामा आशा थप्ने काम गर्नु पर्ने बताए । भ्रमले जनतामा निराशा थप्ने कार्य भइरहेको उनको बुझाइ छ ।

मुख्यमन्त्री पोखरेलले दाङको विकासकालागि आफू प्रतिबद्ध रहेको भन्दै आफू मुख्यमन्त्री भएपछि विकासले फड्को मारेको दाबी गरे । उनले यो वर्ष जारी गरेको नीति तथा कार्यक्रम बजेट प्रदेशको आवधिक योजनामा आधारित रहेको बताए । 

कार्यक्रममा पोखेलले संघीयता जनताको शासन भएकोले यसलाई आफ्नो ठानेर कार्यान्वयनतर्फ सत्तापक्ष तथा प्रतिपक्ष मिलेर अगाडि बढ्नुपर्ने धारणा राखे । साथै उनले ७ वटा प्रदेशमध्ये ५ नम्बर प्रदेश अहिलेसम्म पहिलो प्रदेशका रुपमा रहेको समेत बताए ।
 

प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६  १९:१८
प्रतिक्रिया दिनुहोस्