site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले भ्रष्टाचारीलाई किन कारबाही गर्न सकेको छैन ? 

चितवन । नेपाली कांग्रेसका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य बालकृष्ण खाँडले अब जनता नभई प्रधानमन्त्री केपी ओली सुध्रिनुपर्ने बताएका छन । मंगलबार नारायणगढको पुल्चोकमा कांग्रेसको जागरण अभियान समापन सभामा बोल्दै उनले ओली सरकारले जनता र प्रतिपक्षको कुरा सुन्नसमेत तयार नभएको बताए  ।  

"वाइडबडी काण्ड,  सुनकाण्ड, बालुवाटार काण्डमा अर्बौ भ्रष्टचार भएको छ", उनले भने, "किन सरकार छानबिन गर्न सकेको छैन, किन भ्रष्टाचारीलाई कारबाही गर्न सकेको छैन ।"

उनले भ्रष्टाचारीलाई किन कारबाही नगरेको भनेर प्रश्न सोध्दा प्रधानमन्त्री ओलीले नतमस्तक भएर संसदमा नेपाली जनताको भावनमा ठेस पुग्ने गरी अमर्यादित भाषा प्रयोग गरेको बताए  । 

देशभर डेंगु फैलिरहेको अवस्थामा स्वास्थ्य मन्त्री डेंगुबाट जोगिन अमेरिका गएको उनको व्यंग्य थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीको उपचार खर्च कसले दियो भन्दै नेता खाँडले प्रश्न गरे, "अब सुध्रिने पालो जनताको होइन, ओलीको आयो ।" दलको अस्तित्व नस्वीकार्ने, ओली सरकार ज्ञानेन्द्रको पछिल्लो पथमा हिँडिरहेको समेत उनको आरोप थियो । 
 
प्रधानमन्त्री ओलीले संविधान च्यात्न खोजेको आरोप लगाउँदै उनले दुई तिहाई सरकार पूर्णत असफल भइसकेको बताए । "संविधानको प्रस्तावनामा सूचनाको हक छ", उनले भने, सरकारले जनताको वाणीलाई थुन्ने, पत्रकारको कलम भाँच्ने विधेयक ल्याउन खोजिरहको छ ।"  उनले नेपालको कम्युनिष्ट पार्टी चिनियाँ कम्युनिष्ट पार्टीको भातृसंस्था हुन लागेको बताए  । 

उनले भने, "प्रेस स्वतन्त्रता कुन्ठित गर्ने, मिडिया विधेयक फिर्ता लानैपर्छ । ओली सरकारले मानवअधिकार आयोग विधेयक ल्याएको छ, त्यो विधेयक संयुक्त राष्ट्रसंघको बडापत्रको खिलापमा, अन्तर्राष्ट्रिय मानवअधिकारको खिलापमा आएको छ ।" त्यो विधेयक सिंहदबारबाट फिर्ता नगरे जस्तोसुकै कदम चल्ने उनको चेतावनी थियो । 

संविधानको प्रतिकुल, लोकतान्त्रिक प्रणालीको प्रतिकुल राष्ट्रिय सुरक्षा परिषदको विधेयक आएको भन्दै उनले ५० अर्बभन्दा ठूला आयोजनाहरु सीधै प्रधानमन्त्रीले ठेकेदारलाई दिन पाउने विधेयक अगाडि बढ्न नदिने उनले बताए  ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले चितवनमा अब हुने उपनिर्वाचनमा कांग्रेसले जितेर नेकपासँग हिसाबकिताब चुक्ता अवश्य गर्ने बताए  । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६  १९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro