site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डेंगुको संक्रमण दर घट्यो, त्रास भने कायमै 
SkywellSkywell

चितवन । देशभर प्रकोपको रुपमा फैलिएको डेंगुको संक्रमण चितवनमा घट्दो क्रममा रहेको छ । जिल्लामा यसबारे सचेतना तीव्र पारिएको र मौसम समेत अनुकूल भएपछि अस्पतालमा कम बिरामी आउन थालेका हुन् । 

डेंगुको संक्रमण दर केही घटेको देखिए पनि वर्षा नरोकिएकाले त्रास कायम रहेको चिकित्सकहरु बताउँछन् । उनीहरुका अनुसार डेंगुको प्रकोप फैलने समय सेप्टेम्बरबाट हो । भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख डा. प्रकाश खतिवडा तापक्रम घटेसँगै डेंगुका बिरामी घटेको बताउँछन् । “२५ डिग्री तापक्रम भन्दा बढीमा मात्र यो बढी सक्रिय हुन्छ । तर कात्तिकको तेस्रो सातासम्म भने जोखिम नै छ,” उनले भने । उनका अनुसार हाल अस्पतालमा डेंगुका बिरामी घटेर डेढ सयको हाराहारीमा छन् । 

KFC Island Ad
NIC Asia

वरिष्ठ फिजिसियन डा. कालिदास अधिकारी संक्रमण दर घट्दै गए पनि डेंगुको जोखिम अझै रहेको बताउँछन् । “मौसम अनुसार यो रोगको संक्रमण भर पर्दछ । अझै केही समय जोखिम नै छ,” उनले भने । उनका अनुसार यसको न्यूनीकरणको लागि जनचेतना फैलाउने र वातावरण सफाईलाई निरन्तरता दिनुपर्छ । 

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले भरतपुर अस्पतालमा भाइरल ज्वरोसँगै डेंगुका बिरामी घटेको बताए । उनका अनुसार अघिल्लो हप्ता अस्पतालमा आएका २ हजार २ सय बिरामीमध्ये १२ सय जना मेडिकल विभागमा आएकोमा ६०० जति भाइरल ज्वरो र डेंगुका थिए । अहिले यो संक्रमणदर ह्वात्तै घटेको छ । 

Royal Enfield Island Ad

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार साउनयतादेखि गत शुक्रबारसम्म १० हजार ४२ जनामा डेंगु परीक्षण गरिएकोमा ३ हजार १सय ३८ जनामा डेंगु पोजिटिभ देखिएको छ । जसअनुसार सबैभन्दा बढी भरतपुर महानगरपालिकामा २ हजार ८४ जनामा डेंगुको संक्रमण देखिएको थियो भने सबैभन्दा कम इच्छाकामना गाउँपालिकामा १६ जनामा डेंगु संक्रमण देखिएको छ । गतवर्ष १ हजार ९ सय ५१ जनामा डेंगु परीक्षण गरिएकोमा ३१ जनामा डेंगु संक्रमण भेटिएको कार्यालयले जनाएको छ । 

कार्यालयका किट नियन्त्रक राम केसी डेंगु संक्रमण दर घट्दै गएपनि त्रास उत्तिकै रहेको बताउँछन् । “यसको सिजन सेप्टम्बरबाट सुरु हुन्छ, अहिले अलि चाँडो संक्रमण देखियो,” उनले भने, “तर यसको संक्रमणको जोखिम कात्तिकसम्म हो ।”

वर्षा रोकियो भने यसको संक्रमण अझ घट्ने र वर्षा निरन्तर भएमा बढ्ने सम्भावना उत्तिकै रहेको उनले बताए । तथ्यांक अनुसार भरतपुरका अस्पतालमा उपचार गरिएका बिरामीमध्ये चितवन जिल्लाका २ हजार ३ सय ९०, नवलपरासीका ३ सय २२, मकवानपुरका ६१ जना र अन्य जिल्लाका ३ सय ६५ जनामा डेंगुको संक्रमण देखिएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६  १३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro