site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवन मेडिकल कलेज र विद्यार्थीबीच शुल्क समायोजन गर्ने सहमति

चितवन । विगत केही सातादेखि विद्यार्थीको आन्दोलन पश्चात चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ । कलेज प्रशासन, विद्यार्थी र अभिभावकबीच शनिबार जिल्ला प्रशासन कार्यालय चितवनमा  भएको वार्ता सहमतिमा टुंगिएको हो ।

कलेजले विद्यार्थीसँग अवैध रुपमा बढी असुलेको शुल्क फिर्ता गर्ने सहमति भएको छ । सहमतिअनुसार बढी लिएको शुल्क ३० दिनभित्र कलेजले विद्यार्थीहरुलाई फिर्ता गर्ने लिखित सहमति गरिएको छ  ।

कलेजले शुल्क फिर्ता गर्ने र लामो समयदेखि ठप्प रहेको पठनपाठन आइतबारबाटै सुचारु गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

यो सहमतिसँगै विद्यार्थीहरुको आन्दोलन तत्कालका लागि स्थगित भएको छ । आन्दोलन स्थगित भएपछि पठनपाठन नियमित रुपमा सञ्चालन हुने बताइएको छ ।

बिहान १० बजेबाट साँझ ५ बजेसम्म प्रशासन कार्यालयमा वार्ता भएको थियो । प्रमुख जिल्ला अधिकारी बस्नेतको रोहवरमा भएको वार्तामा कलेजका प्रमुख हरिशचन्द्र न्यौपाने, प्रमुख प्रशासक प्रताप देवकोटा, आन्दोलनरत विद्यार्थी तर्फबाट विप्लवका छोरा प्रकाश चन्दको नेतृत्वमा विद्यार्थीहरु र अभिभावकहरु सहभागी भएका थिए ।

मेडिकल कलेजले सरकारले तोकेको भन्दा १२ लाख बढी शुल्क अवैध रुपमा असुलेको भन्दै विद्यार्थीहरु चरणवद्ध आन्दोलनमा रहेका थिए । विद्यार्थी आन्दोलित बनेपछि विगत १९ दिनदेखि कलेजको पठनपाठन ठप्प रहेको थियो ।

कलेजको २६ वटा संकायमा दुईहजार विद्यार्थी अध्ययनरत छन् । कलेजले, सरकारले तोकेभन्दा १२ देखि १५ लाख रुपैयाँसम्म बढी रकम लिने गरेको र त्यो रकम तत्काल फिर्ता हुनुपर्ने भन्दै विद्यार्थीले आन्दोलन चर्काएका थिए  ।

तर अस्पतालका सञ्चालक हरिश न्यौपानेले भने सरकारले भनेभन्दा बढी रकम नलिएको बताउँदै आएका थिए । चिकित्सा शास्त्र अध्ययन सस्थान आईओएमले एमबीबीएसका लागि शैक्षिक शुल्क ४२ लाख रुपैयाँ तोकेको र अन्य परीक्षणलगायतका केही शुल्क पारदर्शी रुपमा नै लिएको उनको भनाइ छ ।

यसैबीच शुक्रबार त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै शुल्क बढी लिएको भए तत्काल फिर्ता गर्न चितवन मेडिकल कलेजलाई आग्रह गरेको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ४, २०७६  २०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro