देश
दाङ । संविधानको विरोधमा प्रदर्शन गर्नेलाई दाङमा प्रहरीले पक्राउ गरेको छ ।
हातमा कालो पट्टी बाँधेर दाङको लमहीमा प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले आज पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्ज्वल थपलियाले पक्राउ गरिएका व्यक्तिको बारेमा अनुसन्धान भइरहेको बताए ।
प्रक्राउ पर्नेमा लमही नगरपालिका-५ निवासी एकराज चौधरी, लमही ३ बनगाउँका भरत चौधरी, लमही ४ का क्षेत्रपाल चौधरी, राप्ती गाउँपालिका– ५ का बामदेव चौधरी, लमही-८ सतबरीयाका प्रकाशकुमार चौधरी, लमही-७ किशोरकुमार घर्तीमगर रहेका छन् ।
पक्राउ परेका व्यक्ति थरुहट र थारुवान संघर्ष समितिका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६ १९:४०
प्रतिक्रिया दिनुहोस्