site stats
बाह्रखरी :: Baahrakhari
देश
दाङमा १५ जना कैदीलाई आममाफी
Argakhachi Cement Island Ad

दाङ । सरकारले संविधान दिवसको अवसर पारी यस वर्ष दाङका १५ जना कैदीलाई वाँकी कैद सजाय मिनाह गरेको छ ।

दाङको घोराही कारगारवाट ६ जना र तुलसीपुर कारगारवाट ९ जना कैदीलाइ कैद सजाय मिनाह गरेको हो । घोराही कारागारबाट सवारी ज्यान गरिरहेका १, कुटपिट २ र हातहतियार १ जनाले, असल चालचलनको आधार र निर्धा्रित मुद्दाको आधारमा एक एक जनाले बाँकी कैद मिनाहा पाएका छन । त्यसैगरी तुलसीपुर कारागरबाट कैद मुक्त हुनेमा सवारी ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका ३, बाँका चोरी ३, कर्तव्य ज्यान २ र गौबध १ जना रहेका छन् ।  

तुलसीपुर कारागारमा ३१ जना महिला र ४ सय ६२ जना पुरुष गरी ४ सय ९३ जना कैदीहरू छन् । तुलसीपुरमा २ जना आश्रित बालबालिका रहेका कारागार शाखा तुलसीपुरका निमित्त जेलर जोखु वलीले जानकारी दिए  । घोराही कारागारमा ३ सय जना कैदी रहेका जेलर विष्णुप्रसाद पाण्डेले जानकारी दिए  ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  १६:१५
प्रतिक्रिया दिनुहोस्