दाङ । प्रतिबन्धित लागुऔषध चरेससहित प्रहरीले घोराहीवाट तीन जनालाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका- १९ खम्बासबाट रोल्पाका २१ वर्षीय गणेश वली, २७ बर्षीय भूपेन्द्र थापा र ४० बर्षीय अमृत थापालाई साढे ८ किलो चरेस सहति प्रहरीले पक्राउ गरेको हो ।
डीएसपी विनोद विक्रम शाहका अनुसार पक्राउ परेका व्यक्तिहरुले प्रयोग गरेको रा ३ प ४५५९ नम्वरको मोटरसाइकल पनि बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पछिल्लो १५ दिनमा ९ जना व्यक्ति प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका छन् । यसअघि भदौ २८ गते २२ बर्षीया नविना रोका ३ केजी ३ सय ग्राम अफिम सहित पक्राउ परेकी थिइन् । उनी पनि रोल्पाकी हुन् । त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ जसपुरबाट २३ बर्षीय विपिन भन्ने विक्रमजंग मल्ल पक्राउ परेका थिए । उनको साथबाट ४ ग्राम १० मिलिग्राम ब्राउ सुगर प्रहरीले फेला पारेको थियो ।
त्यसैगरी तुलसीपुरको वडा नं. ८ जीवन टोलबाट माइली भनिने विमला नेपालीको साथबाट भदौ २४ गते १ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । सोही दिनसँगै रहेका स्थानीय २५ बर्षीय मानबहादुर विकको २४० मिलिग्राम र सोही ठाउँकै २८ बर्षीय दिपककुमार वली २२० मिलिग्राम ब्राउन सुगर सति समातिए ।
त्यसअघि तुलसीपुरकै वडा नं. १८ मज्गैं पत्रेखोला नजिकैबाट बाँकेका २६ बर्षीय तसौवर खानको साथबाट १० ग्राम २१० मिलिग्राम ब्राउसुगर बरामद भएको जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिएका छन् । पक्राउ परेका सबै विरुद्ध मुद्दा दायर गरी कानुनी कारवाही अगाडि बढाइएको प्रहरीले बताएको छ ।