site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेकपाले सम्झियो पोष्टबहादुर बोगटीलाई
SkywellSkywell

दाङ । पश्चिम नेपालका जनयुद्धका कमाण्डरको रुपमा परिचित पोष्टबहादुर बोगटि ‘दिवाकर’ को मंगलबार दाङमा एक कार्यक्रमको आयोजना गरी सम्झना गरिएको छ ।

दश वर्षे जनयुद्धको आधार क्षेत्र पश्चिम कमाण्डको नेतृत्व गर्ने माओवादी नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’ को २०७१ भदौ ३० गते निधन भएको थियो । पोष्टबहादुर बोगटि स्मृति प्रतिष्ठानले आज एक कार्यक्रमको आयोजना गरी उनको सझना गरेको हो । पोष्टबहादुर बोगटि स्मृति प्रतिष्ठान दाङ उपत्यका बाहिरको पहिलो शाखा हो । 

KFC Island Ad
NIC Asia

बोगटीले कम्युनिष्ट आन्दोलनमा गरेको योगदान र उनको जीवनिको चर्चा गर्दै अहिलेका सबै एजेण्डा जनयुद्धले स्थापित गरेको र जनयुद्ध सफल बनाउने मुख्य व्यक्ति नै बोगटी भएको दाबी वक्ताहरुको थियो ।

सभालाई सम्वोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं ५ नम्बर प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’ले बोगटी नभइदिएको भए नेपाली राजनीति यति चाँडो यो स्थितिमा नआउने दाबी गरे । जनताको बीचमा रहेर पार्टीको नीति लागु गर्ने बोगटी एक जननेता भएको औल्याउँदै उनले पार्टीका शीर्ष नेताहरुलाई सन्तुलनमा राख्नेदेखि युवाहरुलाई उत्साहित गरेर जनयुद्धका कमाण्डर भएको उनको तर्क थियो ।

Royal Enfield Island Ad

पोष्टबहादुर स्मृति प्रतिष्ठानका केन्द्रीय सदस्य निर्मल आचार्यले वोगटी सामाजिक क्षेत्रबाट स्थापित नेता भएको औल्याउँदै उनको दूरदर्शी राजनीतिक सोंच आज पर्यन्त लागु भइरहेको बताए । 

नेपाल कम्युनिष्ट दाङका संस्थापक सचिव नारायणप्रसाद शर्माले आजका दिनमा इमान्दार कम्युनिष्टको भूमिका के भनेर खोजी गर्नुपर्ने अवस्था आएको बताए । नेकपाका केन्द्रीय सदस्य एवं दाङ इञ्चार्ज जीवन गौतमले बोगटीको निष्ठा र क्रान्तिकारितालाई पछ्याउन सके मात्रै स्मृति दिवस मनाउनुको सार्थकता हुने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro