site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सदनको गतिरोध अन्त्यका लागि गगन र वर्षमानसहितका नेता छलफलमा
फाइल तस्बिर ।

काठमाडौं । सदनको जारी गतिरोध अन्त्यका लागि प्रमुख राजनीतिक दलका नेताहरू छलफलमा जुटेका छन् । 

नेपाली कांग्रेसका महामन्त्री गगन थापा र कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमेरे, नेकपा एमालेका मुख्य सचेतक महेश बर्ताैला, नेकपा माओवादी केन्द्रमा नेता वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र नेता विराजभक्त श्रेष्ठलगायत नेताहरू अहिले छलफलमा जुटेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रमुख सचेतकहरूको बैठकमा सहमति जुट्न नसकेपछि अन्य नेता पनि छलफलमा जुटेका हुन् । 

जेठ १३ गतेदेखि प्रतिपक्षी दलले संसद् बैठक अवरोध गर्दै आएका छन् । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षीले संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १४:३४
प्रतिक्रिया दिनुहोस्