site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डेंगु प्रकोपः चितवनका अस्पतालमा चिकित्सक अभाव 

चितवन । मेडिकल सिटीको रुपमा विकसित भइरहेको चितवनका अस्पतालमा डेंगुको उपचार गर्ने चिकित्सक एवं स्वास्थ्यकर्मीको अभाव भएको पाइएको छ । जिल्लामा महामारीको रुपमा फैलिएको डेंगु संक्रमित बिरामीको तुलनामा चिकित्सकको संख्या कम भएपछि अभाव खड्किएको हो । चिकित्सक एवं स्वास्थ्यकर्मी अभाव भएपछि जनशक्ति माग गरिएको भरतपुर अस्पतालले जानकारी दिएको छ । 

हाल भरतपुर अस्पतालमा एकजना डाक्टरले दैनिक सयभन्दा बढी बिरामी जांँच गर्नुपरेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेल बताउंँछन् । “अहिले दैनिक पांँच सयभन्दा बढी बिरामी ज्वरोजन्य र डेंगुका छन्,” उनले भने, “जम्मा ५ चिकित्सक र ५ स्वास्थ्यकर्मीले धान्नुपरेको छ ।” अस्पतालमा अत्यधिक चाप बढेपछि स्वास्थ्य मन्त्रालयसंँग ५ जना चिकित्सक र ५ जना स्वास्थ्यकर्मी माग गरिएको उनले बताए । अन्य समयमा पनि जनशक्ति अभाव झेलिरहेको अस्पताल डेंगुको महामारी फैलिएपछि झनै समस्यामा परेको हो । 

महामारी नियन्त्रणमा नआएपछि जिल्ला प्रशासन कार्यालय, स्थानीय तहहरुसंँग बैठक बसेको जिल्ला स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी अनुप अधिकारीले बताए । उनका अनुसार चिकित्सक र अन्य स्वास्थ्यकर्मी अभाव भएपछि महानगरपालिकाका सबै स्वास्थ्यकर्मीलाई जिल्लाका सरकारी अस्पतालमा परिचालन गर्न लागिएको उनले जानकारी दिए  । उनका अनुसार  छिमेकी जिल्ला लगायत अन्य जिल्लाहरुबाट बिरामी आउने गरेपनि करिब ८० प्रतिशत बिरामी चितवनकै रहेका छन् । 

सरकारी अस्पतालहरुले बिरामीको चाप थेग्न नसकेपछि निजी अस्पतालहरुका बेड पनि खचाखच भरिएका छन् । अन्य बिरामीहरु नगन्य मात्रामा आए पनि डेंगु र भाइरल ज्वरोका बिरामीको चाप अत्यधिक भएको चितवन मेडिकल अफ साइन्सेस भरतपुरका जनसम्पर्क अधिकृत दुर्गा न्यौपाने बताउंँछन् । अस्पतालमा फिजिसियन चिकित्सकको अभावका कारण  चिकित्सकको काम गर्ने समय तालिका बढाइएको उनले बताए । चिकित्सकको अभाव भएपछि इन्टर्नसिप गर्दै गरेका चिकित्सक र स्वास्थ्यकर्मीबाट अभावको पूर्ति गरिरहेको उनको भनाइ छ ।

हाल सो अस्पतालमा ४ जना फिजिसियन विशेषषेशज्ञ सहित अन्य स्वास्थ्यकर्मीले  डेंगुको उपचारका लागि  बहिरंग विभाग हेरिरहेको बताए । अस्पतालहरुमा ओपिडी हेर्ने चिकित्सकको अभाव भएसंँगै भर्ना भएका बिरामी हेर्नको लागि २४ सै घण्टा चिकित्सकले आलोपालो गरिरहेका छन् । 

चितवन मेडिकल कलेजमा पनि डेंगु परीक्षण निःशुल्क गरेसँगै अस्पतालमा अत्यधिक चाप बढेको अस्पतालका अपरेसन मेनेजर पारस अधिकारी बताउंँछन् । उनका अनुसार दैनिक २०० देखि ३०० जनाको डेंगुको परीक्षणका लागि अन्य जनशक्ति पनि परिचालन गरिएको छ । अहिले ८ जना डाक्टरले चौबीसै घण्टा हेरेका छन् ।

स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार बिहीबारसम्ममा ५ हजार १सय ७८ जनाको डेंगु परीक्षण गरिएकोमा १ हजार ६सय २१ जनामा डेंगुको संक्रमण देखिएको छ । यसमध्ये १ हजार २०० जना भरतपुर महानगरपालिकाका मात्रै बिरामी छन् । साउनयता जिल्लामा डेंगु र स्क्रबटाइफसबाट ४ जनाको ज्यान गइसकेको छ। 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro