site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
डा. शेखर कोइराला किन बने देउवाको आँखाको कसिंगर ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको हालै बसेको केन्द्रीय समितिको बैठकपछि प्रष्ट भयो, कोइराला परिवारका छोरा डा. शेखर कोइरालालाई नियतवश पार्टीमा पछाडी पार्ने काम हुँदैछ । केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवाको प्रस्ताव पारित हुनुअघि विशेष समय मागेर कोइरालाले आफूलाई किन केन्द्रीय कार्य सम्पादन समितिमा पारिएन भन्ने कुरा स्पष्ट ढंगबाट उठाए । जवाफ कसैबाट आएन, तर १३ औं महाधिवेशनपछिका विभिन्न घटनाक्रमले पनि बताउँछ डा. शेखर कोइराला सभापति देउवाको आँखाको कसिंगर कसरी बनिरहेका छन् ?

यो कुरा केन्द्रीय समितिको बैठकबाट मात्र अगाडि आएको भने होइन । यसको पछाडि लामै इतिहास बनिसकेको छ । कुरा नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट शुरु भयो ।  सभापतिका उमेदवार शेरबहादुर देउवा आफ्नो विजयप्रति सुनिश्चित थिएनन् । एकजना कोइराला परिवारको सदस्यको साथ पाएको खण्डमा आफूलाई सहज हुने उनको आकलन थियो । यसका लागि डा. शेखर कोइराला र डा. शशांक कोइराला दुवैसँग छुट्टाछुट्टै छलफल गरे । देउवाको प्रस्ताव थियो–महामन्त्रीमा मेरो प्यानलबाट उमेदवारी देउ ।

तर, देउवाको प्रस्ताव न त शेखर कोइरालाले माने न त शशांकले नै ।
कतिसम्म भने शेखरलाई उनले आफ्नो प्यानलमा रहेमा उपसभापति नै बनाउने आश्वासन समेत दिएको कांग्रेसका प्रभावशाली नेताहरु बताउँछन् । यो प्रस्तावलाई डा. शेखरले पनि स्वीकार गरिसकेका छन् ।
 
...
 
नेपाली कांग्रेसको महाधिवेशनलगत्तै सभापति देउवाको कार्यशैलीको पार्टीभित्रै चर्को आलोचना हुन थाल्यो । नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले देउवाको चर्को आलोचना गर्न थालेपछि देउवाले फेरि पनि तिनै शेखर कोइरालाको सहारा लिने प्रयास गरे । महाधिवेशनमा आफ्ना विपक्षी रामचन्द्र पौडेल पक्षबाट चुनाव लडेका शेखरसँग देउवाले पटक पटक सहयोगको याचना गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि देउवाले शेखरलाई परराष्ट्र मन्त्रीको रुपमा सरकारमा पठाउने आश्वासन दिएका थिए । तर, देउवाले आफ्नो कोटरीभित्रको दबाब सुल्झाउन सकेनन् । आफू निकटका डा. प्रकाशशरण महतलाई उनले परराष्ट्र मन्त्रीको रुपमा सरकारमा पठाए, कोइरालालाई धोका दिए ।

तर पनि कोइराला नेतृत्वसँग निरन्तर संवादमै थिए । हालैको एकदिन सभापति देउवाले शेखर कोइरालालाई बोलाएर भने– प्रधानन्यायाशीश सुशीला कार्कीले सरकारको निर्णय उल्ट्याउने तयारी गरेकी छन् भन्ने सुनें यस्तो नगर्न भनेर तपाइँले सुशीला कार्कीलाई सम्झाइदिनुपर्यो ।”

Global Ime bank

देउवाले आफ्नो दबाबमा वरियतामा तेस्रो नम्बरमा रहेका डीआईजी जयबहादुर चन्दलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको बेला कोइरालासामु यस्तो आग्रह गरेका थिए ।
तर कोइरालाले अस्वीकार गरिदिए । अदालतमाथिको हस्तक्षेप हुन जान्छ अहिले त्यसो गर्न मिल्दैन भन्दै उनले प्रदीप गिरीसँग सम्पर्क गर्न सुझाव दिए ।
देउवाले यो कुरा गिरीलाई भने या भनेनन् भन्ने कुरा बाहिर आइसकेको छैन । देउवा कुनै पनि हालतमा सर्वोच्चबाट सरकारको निर्णय सदर होस् भन्ने चाहन्थे ।
 
...
कांग्रेसको महत्वपूर्ण मानिएको कार्यसम्पादन समितिमा क–कसलाई राख्ने भन्ने बारेमा गतसाता सभापति देउवा, नेता पौडेल र महामन्त्री डा. शशांक कोइराला निरन्तर छलफलमा थिए ।
त्यही बेला शेखर कोइरालाले आफू पनि कार्यसम्पादन समितिमा पर्नुपर्ने भन्दै देउवालाई भेट्न पुगे ।
पहिलो भेटमा देउवाले शेखरको कुरा सुने मात्रै कुनै जवाफ दिएनन् ।
त्यसपछि कोइरालाले पौडेललाई भेटन गए । पौडेलले कोइरालालाई जवाफ दिए, “तपाईँ र आनन्द ढुंगानालाई ल्याउनुपर्छ भनेर मैले सभापतिलाई भनेको छु ।”
कोइराला त्यतिमा ढुक्क भएनन् । उनी फेरि सभापति देउवाकहाँ पुगे । त्यसबेला देउवाको जवाफ थियो–रामचन्द्र पौडेलले वरिष्ठताको आधारमा कार्यसम्पादन समितिमा सदस्य रहनुपर्छ भन्नुभएको छ । तपाईँलाई राख्न सकिन्छ कि सकिँदैन अहिले भन्न सक्दिनँ तर रामचन्द्र पौडेलसँग फेरि छलफल गर्नू ।”

कोइराला कहिले देउवाकहाँ त कहिले पौडेलकहाँ गरिरहे । एकले अर्कालाई देखाउने काम गरिरहे ।

केन्द्रीय समितिको अाइतबारको बैठकमा सभापति देउवाले कार्यसम्पादन समिति गठनको प्रस्ताव पेश गरे,  तर त्यो प्रस्ताव पेश गर्नुअघि कोइरालालाई टेलिफोन गरेर भने, “शेखरजी सरी, मैले अहिले तपाईँलाई कार्यसम्पादन समितिमा राख्न सकिनँ ।” कोइरालाले जवाफ दिए–ठिकै छ, म तपाइँहरुभन्दा वरिष्ठ होइन, मलाई यसमा कुनै चित्त दुखाई छैन । तर अरु साथीहरुलाई पनि अन्याय नहोस् ।”

...
 
केन्द्रीय समितिको बैठकमा जब वरिष्ठताको आधारमा केन्द्रीय सम्पादन समितिमा रहने सदस्यहरुको नामावली पढेर सुनाइयो । त्यसपछि कोइरालाले रिस थाम्न सकेनन् ।
उनले देउवाको उक्त प्रस्ताव पारित हुनुअघि नै समय माग गरेर भने– मलाई पहिले नै थाहा थियो कार्यसम्पादन समितिमा राखिँदैन भनेर । किन भने म कनिष्ट नै हो । त्यसमा मलाई कुनै शंका पनि छैन । तर वरिष्ठताको आधार के हो ? तपाईँहरुले बनाएको वरिष्ठताको आधार के हो ? खुमबहादुर खड्का कसरी वरिष्ठ हुनुभएन ? शेरबहादुर देउवा र रामचन्द्र पौडेलभन्दा पहिले केन्द्रीय सदस्य भएको मान्छे कसरी वरिष्ठ भएनन् ? उहाँको नाम कृष्ण प्रसाद सिटौला, विमलेन्द्र निधि र प्रकाशमान सिंहभन्दा तल कुन आधारमा राखियो त ? यो किन भयो ? वरिष्ठताको आधार के हो ? यो जवाफ चाहिन्छ ।”
कोइरालाले यति भनेपछि केन्द्रीय समितिको बैठकमा सन्नाटा छायो । केहीबेर कोही पनि बोल्न सकेनन् । किनकी कोइराला १३ औं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय समितिमा विजयी भएका थिए ।
कोइराला त्यतिमै अडिएनन्– यसलाई त्यसो हो भने किन वरिष्ठ सदस्यहरुको समिति नभनिएको ? नाम मात्रै पढेर सुनाएको भए पनि हुन्थ्यो तर वरिष्ठ सदस्यहरु रहने गरी भनेर किन राखियो ? म सितादेवी यादव भन्दा वरिष्ठ हो कि कनिष्ठ हो ?”
 
कोइराला किन परेनन् त कार्यसम्पादन समितिमा ?
कांग्रेस जानकारहरुका अनुसार शेखर कोइराला नै अब कोइराला परिवारबाट शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई टक्कर दिने नेता हुन् ।

“शशांक कोइराला केही बोल्दैनन्,” कांग्रेस उच्च स्रोत भन्छ, “तीन नेताबीच भएको छलफलमा पनि शशांक कोइरालाले कोही एक जनाको पनि नाम सिफारिस गरेनन् । त्यसैले पनि शशांकलाई हामीले जे भन्यो त्यहि हुन्छ भन्ने देउवा र पौडेलमा परेको छ । शेखरलाई अहिलेदेखि नै तल पार्ने प्रयासस्वरुप यस्तो गरिएको हुन सक्छ ।”

तर शेखर कोइरालाले यसबारेमा केही बताउन चाहेनन् । “म उहाँहरुभन्दा कनिष्ठ नै हो तर वरिष्ठताको आधार के भनेर मैले उहाँहरुसँग जहिले पनि प्रश्न गर्नेछु, ” कोइरालाले बाह्रखरीसँग यति मात्रै भने ।

उनले किन राखिएन त भन्ने बारेमा देउवा र पौडेलले नै जवाफ दिनुपर्ने बताए ।

स्रोतको दाबी छ–देउवाले शेखरलाई पटक पटक आफ्नो प्यानलमा उभिन आग्रह गरेका थिए । जब कोइरालाले निरन्तर अस्वीकार गर्दै गए त्यसपछि उनले पनि विभिन्न कारण देखाउँदै उनलाई पाखा लगाउने रणनीति बनाउन लागे ।
 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १६, २०७३  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement