दाङ । नेपाली कांग्रेस दाङले संघीय संरचना अनुसारको समायोजन गरेको छ ।
नेपाली कांग्रेस दाङमा बुधबार भएको जिल्ला कार्यसमिति र क्षेत्रीय पदाधिकारीहरूको उपस्थितिमा भएको बैठकले संङीय संरचना अनुसार साविकाका समितिलाई समायोजन गरेर संघीय र प्रदेश निर्वाचन क्षेत्रका समितिहरू निर्माण गरेको हो ।
जिल्ला सभापति किर्तीबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले संघीय संरचना (संघीय र प्रदेश निर्वाचन क्षेत्र) अनुसारको समायोजन गरेको समायोजननका लागी खटिएका केन्द्रीय निर्वाचन प्रतिनिधि निर्मल गौतमले जानकारी दिए ।
जस अनुसार क्षेत्र नम्बर १ को सभापतिमा भेषराज पाण्डे, २ को सभापति भुपबहादुर डाँगी र क्षेत्र नम्बर ३ को सभापतिमा जगत खड्कालाइ चयन गरिएको छ ।
प्रदेश निर्वाचन क्षेत्र अन्तरगत १ (क) को सभापतिमा ताराबहादुर डिसी, १ (ख) को सभापतिमा देवानजंग चौधरी, क्षेत्र नम्बर २ ९क० को सभापतिमा गिरिराज सुवेदी, २ (ख) सभापतिमा कमल गौतम, क्षेत्र नम्बर ३ (क) को सभापतिमा घनश्याम ढकाल र ३ (ख) को सभापतिमा खीमबहादुर वली छन ।